काठमाडौं महानगरपालिका–१६ पक्नाजोलमा तास खेलिरहेको अवस्थामा आठजना पक्राउ

काठमाडौं महानगरपालिका–१६ पक्नाजोलमा तास खेलिरहेको अवस्थामा आठजना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन २९।

काठमाडौंमा पक्नाजोल तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६, पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं–२६ बस्ने बागलुङको बुर्तिवाङ गाउँपालिका–६ घर भएका ३३ वर्षीया नरमाया बुढामगरलगायत आठजनालाई नियन्त्रणमा लिइएको हो । बुधबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ६९ हजार ८६० रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।