संवैधानिक संकटबाट नेपाली कांग्रेसलाई जोगाउन माग गर्दै बुढानिलकण्ठमा विद्यार्थीहरुको प्रदर्शन

संवैधानिक संकटबाट नेपाली कांग्रेसलाई जोगाउन माग गर्दै बुढानिलकण्ठमा विद्यार्थीहरुको प्रदर्शन

कपन अनलाइन

काठमाण्डौ ,साउन २९।

संवैधानिक संकटबाट नेपाली कांग्रेसलाई जोगाउन माग गर्दै सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनको कार्य तालिका र निर्वाचन निर्देशिका सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको स्थल बुढानिलकण्ठमा  प्रदर्शन गरिएको हो  ।

समयमै महाधिवेशन सम्पन्न गर्न, क्रियाशील सदस्यतामा देखिएको विवाद तत्काल हल गर्न, समायोजनका नाममा भएको धाँधली खारेजी लगायतको माग राख्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन, महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरिरहेका  छन्।

तपाइँको प्रतिक्रिया ।