अन्तर्राष्ट्रिय युवा दिवस : बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वृक्षारोपण

अन्तर्राष्ट्रिय युवा दिवस : बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वृक्षारोपण

कपन अनलाइन

काठमाडौँ, श्रावण २८ ।  अन्तर्राष्ट्रिय  युवा दिवसको अवसर पारेर बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ढुंगे पाखामा वृक्षारोपण गरिएको छ ।खाध्य प्रणालीमा रुपान्तरण मानब र भूमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन भन्ने मूल नाराको साथमा बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा वातावरण संरक्षणमा युवाहरुलाई संलग्न गराउने उद्देश्यले  आयोजित उक्त कार्यक्रममा करिब ५ सय वटा बिभिन्न प्रजातिका बिरुवा रोपिएको  आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा नगर उप प्रमुख  रमादेबी राइ, बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराई ,वडा नं   १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई वडा नं ,११ का वडा अध्यक्ष राजु अधिकारी ,वडा सदस्य  बिनोद लामा, भगवती निरौला, बिमल लामा, नगर कार्यपालिका सदस्य संगम गहतराज इकाई सभापति नेपाली कांग्रेस बुढानिलकण्ठ ११ का  राधेश्याम कार्की, बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदका पदाधिकारी,  १३ वटै वडाका युवा परिषदमा प्रतिनिधित्व गर्ने  सदस्यहरु सहित स्थानीयको उपस्थितिमा  वृक्षारोपण गरिएको हो ।

बुढानिलकण्ठ नगरपालिकाकि उप प्रमुख रमादेबी राइले वृक्षारोपण कार्यलाई निरन्तरता दिनुपर्ने बताउदै रोपेका बिरुवा  संरक्षण गर्नुपर्नेमा जोड दिएकी थिइन ।

तपाइँको प्रतिक्रिया ।