लायन्स र लियो क्लब अफ काठमाडौं डाँफेले जोरपाटीमा नि:शुल्क मास्क वितरण गर्यो

लायन्स र लियो क्लब अफ काठमाडौं डाँफेले जोरपाटीमा  नि:शुल्क मास्क वितरण गर्यो

कपन अनलाइन

काठमाडौं, श्रावण २७ । कोभिड १९ को संक्रमण समुदायमा फैलन नदिन विभिन्न सुरक्षात्मक उपायहरु मध्ये मास्क लगाउनु पनि एक हो। घरबाट बाहिर निस्कनेका लागि सरकारले नै मास्क अनिर्वाय गरेको छ। सरकारको यही निर्णयमा सहयोग पुर्‍याउन र  नेपाल सरकारले मास्क सप्ताह मनाउने घोषणा गरे अनुरुप  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफे र लियो क्लब अफ काठमाडौं डाँफेले संयुक्त रुपमा मास्क वितरण  गरेको छ ।

बुधबार बिहान  क्लबले गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोकमा बिहान ७:३० बजेदेखि हेल्प डेस्क नै संचालन गरि सर्वसाधरण र सवारीचालकलाई नि:शुल्क मास्क वितरण गरेको थियो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा  गर्नेहरुलाई कोरोना सचेतना प्रदान गर्नुको साथै मास्क र स्यानीटाईज  गरिएको थियो भने मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुने लगायतका जनचेतनामूलक जानकारीहरू पनि प्रदान गरिएको क्लबका प्रेसिडेन्ट लायन बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए।

कोरोनाबाट बच्ने सबैभन्दा सजिलो उपाय स्वंयम सजग रहेर माक्सको प्रयोग गर्नु भएकाले क्लब सदस्यहरुको सल्लाह बमोजिम माक्स बितरण गरिएको बताए।क्लबका  प्रेसिडेन्ट  शर्माका अनुसार अभियानमा सहभागी हुँदा झण्डै  ४५ प्रतिशत  प्रतिशत मानिसहरू अझै बिना मास्क हिँड्ने गरेको पाइएको बताए। उनले माक्सको सुरक्षाका बारेमा सबैलाई जानकारी गराइएको पनि बताए।

तपाइँको प्रतिक्रिया ।