बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

कपन अनलाइन

काठमाडौं, श्रावण २१ । बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। नगर प्रमुख उद्दब खरेलले जारि गरेको उक्त सुचनामा २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म  बिहान १०:३० बजे देखि अपरान्ह ४ बजे सम्म  नेपाल सरकार बाट यस अघि असार ३० ३१ र श्रावण १ गतेका दिन भेरोसेल खोपको पहिलो मात्र लगाएकाहरुलाई निम्न खोप केन्द्र बाट  खोप सेवा लिनको लागि अनुरोध गरिएको छ ।

१) श्री गणेश माबी  वडा नं २

२) श्री महांकाल जनजागृति माबी  गोल्फुटार वडा नं ८

३) श्री बाल उद्दार माबी  कपन वडा नं १०

४ ) नौलिन माबी चुनिखेल वडा नं १३ रहेको जानकारी गराएको छ ।साथै २०७८  श्रावण २२ गते र २३ गतेका दोस्रो मात्रा लगाउन छुट भएकाब्यक्तिहरुका लागि  २०७८ साल श्रावण २४ गते १ दिन मात्र खोप केन्द्र नौलिन मा विमा खोप संचालन गरिने जानकारी गराइएको छ।  साथै खोप केन्द्रमा जाँदा खोप कार्ड अनिवार्य रुपमा लिएर जानुपर्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।