भूमि आयोग खारेजको विरोधमा युवा संघ नेपालको प्रदर्शन
कपन अनलाइन
काठमाडौं श्रावण २१।युवा संघ नेपालले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन गरेको छ ।युवासंघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमीसम्बनधी समस्या अनत्य गर्ने भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो ।
आयोगले तिव्ररुपमा काम गरी जग्गा वितरण गर्ने तयारी गरीरहेका बेला नयाँ सरकारले १९ साउनमा आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको कदमबाट भूमिहिन सुकुम्बासीको जग्गा पाउने आशामा तुषारापात भएको छ । आयोग पुनस्र्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।
फोटो : सरोज बस्नेत
तपाइँको प्रतिक्रिया ।