संघीय सरकारले करिव १३ लाख भुमिहिन जनताको लालपुर्जा खोस्यो : मुख्यमन्त्री डोरमणि पौडेल
कपन अनलाइन
काठमाण्डौ ,साउन २१।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारले १३ लाख भुमिहिन जनता लालपुर्जा खोसेको आरोप लगाएका छन ।
बुधबार बागमती प्रदेश सरकारद्वारा रामेछापमा निर्माण सम्पन्न भएको सित्खा ,गोगनपानी,धूलेबेसी,भदौरे,भोटनागि पक्की सडक खण्डको बुधवार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले १३ लाख भुमि हिनको हातैमा आएको लालपुर्जा देउवा सरकारले खोस्ने जनता विरोधी काम गरेको आरोप लगाएका हुन ।
देउवा नेतृत्वका सरकार जनादेशबाट नभई परमादेशबाट बनेकाले यो सरकारले जनताको हित हुने काम गर्न नसक्ने बताउदै पौडेलले यो सरकार जनता प्रति संवेदनशिल हुन नसक्ने धारणा राखेका थिए।
देउवा सरकारले मङ्गलवार मात्र खारेज गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी प्रति आपत्ति जनाउदै पौडेलले अहिलेको सरकार जनता प्रति संवेदनशील नभएको आरोप लगाएका थिए।