आज साउन २१ गते पार्टीको केन्द्रीय कमिटीको बैठक छैन : नेकपा एमाले (बिज्ञप्ति सहित )

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

नेकपा एमालेले  बुधबार विज्ञप्ति निकाल्दै साउन २१ गते  पार्टीको कुनै पनि बैठक  नभएको बताएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर बिहीबार बस्ने भनिएको  बैठक अनाधिकृत भएको बताएका हुन् ।

 ‘नेपाल कम्यनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक डाकिएको सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ तामाङले भनेका छन्, ‘साउन २१ गते एमाले केन्द्रीय कमिटीको बैठक नराखिएको सबैमा जानकारी गराउँदछु। पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु।’

बिज्ञप्ति :

साउन २०, २०७८, बुधबार
तपाइँको प्रतिक्रिया ।