प्रधानमन्त्रीले चाहे स्वास्थ्यमन्त्री बन्न तयार छु : गगन कुमार थापा

प्रधानमन्त्रीले चाहे स्वास्थ्यमन्त्री बन्न तयार छु : गगन कुमार थापा

कपन अनलाइन

काठमाडौँ, श्रावण २० ।

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरेका थापाले भने ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ।’

‘प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्ने भन्दै  उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए । गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।

त्यस्तै  कांग्रेस अहाधिवेशन सार्न नहुनेमा अडिग रहँदै नेता थापाले भने, ‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन, केही दिन तलमाथि भए पनि पर सार्नुहुँदैन । तत्काल केन्द्रीय समिति बैठक राख्नुपर्छ, महाधिवेशन नभए कांग्रेसकै सामूहिक असफलता हुन्छ ।’

तपाइँको प्रतिक्रिया ।