चम्पादेवी गाउँपालिकाको एक मात्र एकीकृत नमुना बस्ति निर्माण अन्तिम चरणमा
कपन अनलाइन
ओखलढुंगा,साउन २०।
चम्पादेवी गाउँपालिकाको एक मात्र एकीकृत नमुना बस्ति निर्माण अन्तिम चरणमा पुगेको छ। चम्पादेवी गाउँ पालिका वडा नं ९ डल्लीडांडा भर्लांगेमा निर्माण भैरहेको बस्ति निर्माण अन्तिम चरणमा पुगेको हो।
२०७३ शालको भूकम्पले क्षेती पुर्याएका वडा नं ९ खानी गाउँका २३ घर परिवारको पुनर्स्थापनाका लागि निर्माण गरिएको सो बस्तिमा घर निर्माणको काम सम्पन्न भएको छ भने अन्य पूर्वाधार निर्माण जारी रहेको छ।
गाउँपालिका कै पहिलो नमुना बस्तिका रुपमा रहेको सो एकीकृत बस्तीमा आवास संगै ढल ,सडक ,खानेपानी ,बिद्युत ,सामुदायिक भवन र सार्वजनिक सौचालय लगायतका पूर्वाधार निर्माण हुने जानकारी दिदै वडा नं ९ का अध्यक्ष झम्कहरी बडालले आगामी पुस महिना सम्म काम सक्ने लक्ष्य लिएको बताएका छन ।
तपाइँको प्रतिक्रिया ।