गोकर्णेश्वरमा मंगलबार २८ सय ९९ जनाले कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाए
कपन अनलाइन
काठमाडौँ, श्रावण २० । गोकर्णेश्वर नगरपालिकामा श्रावण १९ गते मंगलबार २८ सय ९९ जनाले कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन ।नगरपालिकाले सम्बन्धित वडाको सिफारिस अनुसार बाडिएको कुपनको आधारमा सहयोगी माबी खोप केन्द्र बाट कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाएको हो, जसमा १३६० जना पुरुष र १५३९ जना महिला गरि कुल २८ सय ९९ जनाले खोप लगाएका हुन ।
यस अघि नगरपालिकामा संचालनमा रहेको खोप अभियान उपलब्ध खोपको सिमितता तथा सेवाग्राहीहरुको चाप को कारण स्थगित भएको सो खोप अभियान मंगलबार एक दिनको लागि सहयोगी माबी खोप केन्द्रबाट कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । बिहान ११ बजे देखि शुरु भएको सो खोप अभियान अपरान्ह ४ बजे सम्म चलेको थियो ।
तपाइँको प्रतिक्रिया ।