शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त ,अध्यक्षमा मधु प्रसाद रेग्मी

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त ,अध्यक्षमा मधु प्रसाद रेग्मी

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई आयोगमाा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराएका हुन् ।

करिव एक वर्षदेखि शिक्षक सेवा आयोग पदाधिकारी बिहिन हुँदा शिक्षक नियुक्ति र बिज्ञापन लगायतका काम रोकिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।