काठमाण्डौ  महानगरपालिका–१५ विजेश्वरीबाट २१ जुवाडे पक्राउ

काठमाण्डौ  महानगरपालिका–१५ विजेश्वरीबाट २१ जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

काठमाण्डौ  महानगरपालिका–१५ विजेश्वरीबाट प्रहरीले ओखर खेलिरहेको अवस्थामा नगदसहित २१ जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

अवैध रूपमा पैसाको हारजीत हुने गरी ओखर  खेलिरहेको भन्ने गोप्य सूचना महानगरीय प्रहरी परिसर काठमाडौंमा प्राप्त हुनासाथ विशेष टोली परिचालन भएर जुवाडेलाई पक्राउ गरिएको हो ।

विजेश्वरीस्थित प्रकाश शाहीले आफ्नो घरको चौथो तलाको कोठामा ओखर हान्ने स्थान बनाएर २१ जना भेला भएर ओखर हानिरहेको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई  ओखर र नगदसहित  नियन्त्रणमा लिई थप अनुसन्धान र कारवाही गर्न वृत्त स्वयम्भुमा बुझाइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।