प्रतिनिधि सभाको बैठकमा सिन्धुपाल्चोकका बाढी पिडितका कुरा …

प्रतिनिधि सभाको बैठकमा सिन्धुपाल्चोकका बाढी पिडितका कुरा …

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचोत प्रतिनिधि सभा सदस्य पुर्व मन्त्रि  शेरबहादुर तामाङले हेलम्बु , पाँचपोखरी  देखि मेलम्ची सम्मका बाढी जोखिम बस्तीहरुको तत्काल संरक्षण गरि क्षति ग्रस्त संरचनाको पुनःस्थापनाको माग गरेका छन । उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै सिन्धुपाल्चोक जिल्लाका बाढी पिडितहरुको अवस्थाका वारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बाढीले मेलम्ची बजार , तालामारङ् बजार , ग्यालथुम बजार , गणेश बजार , किउल , हल्दे, नाकोते लगायत तिम्बु बजार पनि काम नलाग्ने बनेको बताउदै तामाङले  इन्द्रावती नदिले याङ्गी बजार पनि भत्काएको जानकारी दिएका थिए।

जुरे पहिरो पनि सुरु हुन लागेको हुनाले तातोपानी बजार जोखिममा परेको र लार्चामा आएको पहिरोले तातोपानी नाका अबरुद्ध हुनुका साथै ब्रम्हायणी नदिमा आएको बाढीले बलेफि र जलविरे क्षेत्र पनि जोखिममा रहेको भन्दै तामाङले सरकारलाई तत्काल उद्दार र सुरक्षाको लागि  ध्यानाकर्षण गराएका थिए।

पुर्ववत सरकारले अगाडि सारेको बाढी पिडित प्रति घर परिवारलाई ५० हजार रकम दिने र चार वण्डेल जस्तापाता दिने कुराहरु वर्तमान सरकारले प्रक्रियामानै सिमित गर्न खोजेको गुनासो गर्दै पुर्वमन्त्रि तामाङले तत्काल सो रकम उपलव्ध गराउनका लागि जोडदार माग गरेका थिए।

तपाइँको प्रतिक्रिया ।