गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कागतीको बिरुवा वितरण

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कागतीको बिरुवा वितरण

कपन अनलाइन

काठमाडौँ, श्रावण १९।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कागतीको बिरुवा वितरण गरिएको छ। गोकर्णेश्वर नगरपालिका कृषि शाखाको आयोजनामा नगरका बिभिन्न वडामा एक घर एक कागतीको बिरुवा वितरण गर्ने  योजना अनुरुप सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ का कृषकहरुलाई कागतीको बिरुवा वितरण गरिएको हो । करिब २५० वटा कागतीको बिरुवा प्राप्त भएको वडा नं ४ का वडा सचिब नवराज सेनले जानकारी गराए ।

 

 

 सबैका लागि कागती आवश्यक हुने र भिटामिन ‘सी’ युक्त कागती स्फुर्तीदायक र रोग निवारक फल भएकाले  नगरका बिभिन्न वडामा कागतीको बिरुवा वितरण गरिएको हो।कागतीले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ भने  कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुर्याउछ  ।कागती आयात कम गरी स्थानीय उत्पादन बढाउने उद्देश्यले  कृषि शाखा द्वारा कागतीको बिरुवा वितरण गरिएको हो ।कृषिशाखाले अन्य समयमा पनि कृषकहरुलाई बिउ बिजन लगायत अन्य कृषि  सामग्री वितरण गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।