भेनस नेशनल कलेजले भित्र्यायो अन्तर्राष्ट्रिय स्तरको के १२ कोर्स

भेनस नेशनल कलेजले भित्र्यायो अन्तर्राष्ट्रिय स्तरको के १२ कोर्स

कपन अनलाइन

काठमाडौँ, श्रावण १९। समय परिवर्तन सगै बिश्व ‘डिजिटल वर्ड’ मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राबिधिक क्रान्तिको जरुरी छ। हिजो विद्यार्थीले अङ्ग्रेजी जान्नुलाई सिकाइको मानक मानिन्थ्यो तर अहिले समयले गति लिइसक्यो। प्राबिधिक ज्ञान अझ भनौ कम्प्युटर (आइटी) सिक्नु सबै भन्दा जरुरी भएको छ।यसै कुरालाई मध्यनजर गर्दै  काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा संचालित भेनस नेसनल कलेजले आईटीमा दक्ष जनशक्ति उत्पादन  गर्ने उदेश्यका साथ अमेरिकामा पढाई हुने के १२ कोर्स भित्राएको छ ।

सोमबार नर्लिङ रिसोर्टमा आयोजित सहमतीपत्र हस्ताक्षर कार्यक्रम मार्फत कलेजले  सो कुराको जानकारी गराएको हो । कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा  कलेजका उपाध्यक्ष नेत्र प्रसाद दाहालले स्वागत मन्तब्य राखेका थिए भने क्याम्पस प्रमुख कृष्ण गौतमले  कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै आईटीसंग सम्बन्धित कोर्स भित्राएसंगै भेनस नेशनल कलेज  काठमाडौंको पुर्वी भेगको उत्कृष्ट शैक्षिक गन्तब बन्ने निस्चित भएको बताए  ।

सो सम्झौता पश्चात  नेपालको शैक्षिक क्षेत्रको उन्नयनमा अब्बल साबित हुने बिस्वास ब्यक्त गरेका थिए।  सुरुवाती कक्षा १२ सम्म कोर्स सुरुवात गरिएता पनी आगामी दिनमा ब्याचलर लेभलसम्म कोर्स संचालनमा ल्याउने कलेजको तयारी रहेको पनि जानकारी गराइएको थियो ।

 नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको  बताउदै प्रमुख गौतमले सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार लगायत कार्यक्रम समेत समाबेस गर्दै आएको जानकारी गराएका थिए । प्रतिकुल अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा भेनस नेसनल कलेजले कुनैपनी सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै  चाडै छात्रवृत्ति लगायतको प्याकेज घोषणा गर्न लागेको पनि जानकारी गराएका थिए ।

कार्यक्रममा निलमणी न्यौपानेले कोर्सको बारेमा प्रकाश  पार्दै जेनिस क्लाउड  एकेडेमीको बारेमा बताएका थिए । विद्यार्थीलाई आईटी क्षेत्रसँग अब्बल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने संस्थाको मुख्य उद्धेश्य रहेको न्यौपानेले बताएका थिए । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले विश्वको बिभिन्न देशहरुमा आफ्नो सेवा विस्तार गरिरहेको जानकारी समेत गराएका थिए ।अमेजोन वेभ सर्भिसकी प्लेसमेन्ट अफिसर सबिना पराजुलीले कोर्सको बारेमा थप  प्रकाश पारेकी थिईन।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष पेमा छिरी शेर्पाले एमेजोन,गुगल,अलिबाबा जस्ता कम्पनीसंग सम्झौता गरेको संस्थासंग आबद्ध हुन पाउँदा भेनस कलेज गर्ववान्वित भएको बताउदै आगामी दिनमा थप कार्यक्रमलाइ कलेजले समाबेश गर्दै जाने बताएका थिए ।कार्यक्रममा जेनिस सोलुसन र भेनस बिचको समन्वयकर्ता आइटी कन्सल्टेन्ट शिशिर पौडेललाइ सम्मान गरिएको थियो। समग्र कार्यक्रम संचालन कलेजका निर्देशक मोहन प्रसाद अधिकारीले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।