सिन्धुपाल्चोक र बुढानिलकण्ठका असहाय परिवार र संस्थालाई नेपाल लोकतान्त्रीक खेलकुद संघ वागमतीको सहयोग

सिन्धुपाल्चोक र बुढानिलकण्ठका असहाय परिवार र संस्थालाई नेपाल लोकतान्त्रीक खेलकुद संघ वागमतीको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

बुढानिलकण्ठ वडा नं ११ को बाल अपागं टेवा संस्था र सिन्धुपाल्चोक बडेरका गरिब तथा असहाय  परिवारलाई नेपाल लोकतान्त्रीक खेलकुद संघ वागमती प्रदेश समितिको संयोजनमा खाद्यन्न लगायतको समाग्री हस्तान्तरण गरिएको छ ।

अस्ट्रेलिया  सिड्नीमा बसोबास गर्ने नेपाली युवाहरुको समुह रक्डेल व्वाईज ग्रुपले पठाएको  उक्त सहयोग वितरणको  लोकतान्त्रीक खेलकुद संघ वागमती प्रदेशका सदस्य राजु वोगटीले उक्त सहयोगको संयोजन गरेका थिए ।

कोभिड संक्रमणका विरुद्ध खेलाडी,प्रशिक्षक तथा खेलकर्मीहरुको सहयोगका लागि सुरुवात भएको अभियान अहिले बालबालिकाको लागि खाद्यन्न सहयोग सम्म पुगेको अध्यक्ष दिपक गुरुङ्गले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।