नेकपा एमालेमा नौ विभाग गठन

कपन अनलाइन

काठमाण्डौ ,साउन १८।

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा विभाग गठन गरेको छ ।सोमवार बसेको बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन  ।

पार्टीको स्कूल विभागको प्रमुखमा  अध्यक्ष केपी शर्मा ओली संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीपकुमार ज्ञवाली, पर्यटन प्रवद्र्धन विभागमा भानुभक्त ढकाल, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसअघि आइतवार बसेको बैठकले राष्ट्रिय महाधिवेशनअघि भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ भने  असोज ३ गते देशका सबै वडामा वडा अधिवेशन गर्ने, असोज ९ गते सबै पालिकामा अधिवेशन गर्ने निर्णय समेत गरेको छ  ।

 

तपाइँको प्रतिक्रिया ।