नेकपा एमालेको विदेस विभाग प्रमुखमा डा. राजन भट्टराई ,को को बने सदस्य ?

नेकपा एमालेको विदेस विभाग प्रमुखमा डा. राजन भट्टराई ,को को बने सदस्य ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

नेकपा एमालेको विदेस विभाग प्रमुखमा डा. राजन भट्टराईको नाम अनुमोदन गरिएको छ। साउन १८ गते बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विभाग प्रमुख भट्टराई सहित सदस्यहरुको नाम अनुमोदन गरेको हो।

लामो समय देखि नेकपा एमालेको विदेस विभाग र प्रवासको संगठन विस्तारमा योगदान पुर्याउदै आएका डा. भट्टराई नेकपा एमालेका अध्यक्ष केपी ओली र बरिस्ट नेता माधव कुमार नेपाल प्रधानमन्त्री भएको समयमा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार रहेका थिए।

नेकपा एमालेको केन्द्रीय सदस्य र प्रवास इन्चार्ज रहेका  डा. राजन भट्टराई प्रमुख रहेको सो विभागको उपप्रमुखमा बिष्णु रिजाल रहेका छन। त्यस्तै सो विभागको सदस्यहरुमा डा. अर्जुन कार्की ,प्रा.डा. खड्ग केसी ,पेम्बा लामा ,सिर्जना काफ्ले ,बालकृष्ण कट्टेल ,  गोपाल खनाल ,डा. सागर न्यौपाने ,मात्रिका पौडेल ,दिपेन्द्र श्रेष्ठ ,मिलन धरेल , डा. कुशेनेन्द्र महत,गौरव भट्टराई ,उपेन्द्र बिक ,केशव बस्याल ,लिलाधर उपाध्याय र प्रा. बेद गिरि चयन भएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।