नेपाली काँग्रेस-१४ औं महाधिवेशनको सेरोफेरो

नेपाली काँग्रेस-१४ औं महाधिवेशनको सेरोफेरो

कपन अनलाइन

काठमाण्डौ ,साउन १८।

 नेपालकै ठूलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको १४औं महाधिवेशन तोकिएको समयमा नहुने भएको छ। कहिले हुन्छ भन्ने पनि निश्चय गर्न सकेको छैन। कहिले गर्ने भन्ने विषयमा केन्द्रिय कार्य समिति नै एकमत हुन सकेको छैन।

एक जमात महाधिवेशन पुष महिना भित्र गर्नुपर्छ भन्नेमा छ भने, अहिले चुनाव (स्थानिय, प्रदेश र संघिय) नजिकिदै छ चुनावको संघारमा महाधिवेशन भए यसले चुनावमा नकारात्मक असर पार्न सक्ने भन्दै चुनाव पछी मात्र महाधिवेशन गर्नुपर्ने अर्को जमातको विश्लेषण छ।

अहिले महाधिवेशन तोकिएको समय भाद्र १६ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर सम्म केन्द्रिय महाधिवेशन गर्ने गरी आन्तरिक छलफल भैरहेको छ। आसा गरौं अब चाडै नँया निर्वाचन तालिका आउने छ र तालिका बमोजिम भनेकै समयमा महाधिवेशन हुनेछ। पटक पटक तोकिए पनि समयमै नेपाली काँग्रेसको महाधिवेशनको नहुनु धेरै कारण मध्यर प्रमुख कारण कृयाशिल बिबाद हो। कृयाशिल नेपाली काँग्रेसको मेरुदण्ड हो त्यसैले महाधिवेशन अगाडि मात्र कृयाशिल वितरण गर्ने परिपाटीको अन्त्य गरी मापदण्ड पुरा भए जतिखेर पनि कृयाशिल लिन पाउने ब्यवस्था गर्नुपर्छ।

२०७२ साल फागुन २०-२३ गते ४ बर्षको लागी १३औं महाधिवेशन सम्पन्न भएको थियो। प्रत्येक ४/४ बर्षमा महाधिवेशन हुनुपर्ने नियमानुसार २०७६ फागुनमा १४औं महाधिवेशन हुनुपर्ने थियो।

समयमै महाधिवेशन गर्न नसके नेपाली काँग्रेसको विधान अनुसार १ बर्षमा थप गर्न पाउने नियमानुसार थप गरेको समयमा नाघेर पनि संविधानको ब्यवस्था अनुसार थप गरिएको ६ महिनाको समय पनि भाद्र महिनामा सकिदैछ। भाद्र महिनामा महाधिवेशन गर्न नसकेमा पार्टी वैधानिक संकटमा पर्न सक्ने छ।

तर निर्वाचन आयोगले कोरोनाको कारण बिषम परिस्थितिको मध्यनजर गर्दै पौष महिना सम्म समय थप गर्न सकिने जानकारीले नेपाली काँग्रेसलाई केहि राहत मिलेको छ। तर अहिले कै परिस्थितिमा पौष महिना भित्र पनि महाधिवेशन हुने सम्भावना न्यून छ।

निर्वाचन समितिले निर्वाचन गराउन ४९ दिन समय माग गरेको छ। निर्वाचन समितिका अनुसार निर्वाचन निर्देशिका छपाईको लागी न्यूनतम ५ दिन, निर्देशिका, विधान, नियमावनली, प्रमाणपत्र र कृयाशिल सदस्यको नामावली प्याकिङ गर्न ३ दिन, सबै जिल्लामा पुर्याउन ४ दिन, जिल्लामा छलफल गर्न २ दिन, जिल्लाबाट सम्बन्धित वडामा पुर्याउन ५ दिन त्यसपछि बल्ल तालिका प्रकाशन भएको १९ दिनमा वडाको, २३ दिनमा पालिकाको, २८ दिनमा प्रदेश सभा क्षेत्रको, ३० दिनमा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको, ३३ दिनमा दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको, ३८ दिनमा प्रदेशहरुको अधिवेशन गर्न सकिने र त्यसपछिमात्र केन्द्रिय महाधिवेशन गर्न सकिने निर्वाचन समितिको निष्कर्ष छ।

नियमावली निलम्बन गरी फाष्टट्राकबाट पनि महाधिवेशन गर्न नसकिने हैन तर त्यसको लागी शिर्ष नेतृत्वमा इच्छा शक्ति हुनुपर्छ। ९४ प्रतिशत विवाद मिलिसकेको र बाँकी ६ प्रतिशत विवाद शिर्ष नेताहरुले मिलाउनु पर्ने भनि कृयाशिल छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ।

नेतृत्वमा आफै रहनुपर्ने तर महाधिवेशन गरे नेतृत्व गुम्ने डर अनि महाधिवेशन गरे पाईरहेको भागबण्डा पनि गुम्ने डरले कृयाशिल विवाद देखाएर महाधिवेशन नगर्ने/सार्ने सोच नै पार्टी नेतृत्वको असक्षमता हो। बाहिर महाधिवेशनको विकल्प छैन भनेर जतिसुकै रतान रते पनि, क्षणिक चर्चाको लागी सामाजिक संजालमा प्रचार गरिरहे पनि अधिकाश केन्द्रिय नेताहरुले महाधिवेशन चाहेका छैनन्।

पदाधिकारीहरुलाई फेरी पदाधिकारी बन्न पाउने/नपाउने डर, बरिष्ठ नेताहरुलाई त्यो पनि गुम्ला भन्ने डर र कतिपय केन्द्रिय सदस्यलाई फेरि सदस्य नहोला भन्ने डर छ। त्यसैले एकदम थोरै नेताहरुले मात्र महाधिवेशन चाहेका छन् जो साँचै नेतृत्व तहमा पुग्दै छन्।

अबको महाधिवेशन एकता को महाधिवेशन हुनुपर्छ। सिनियर वर्गको अनुभव र जुनियर वर्गको जोशलाई  मिलाएर लान सक्नेले नेपाली काँग्रेसको नेतृत्व लिनुपर्छ।

त्यति मात्र हैन गुट उप-गुटको अन्त्य गरी सबैलाई मिलाएर लाने र आउने चुनावमा पार्टीलाई एक नम्बर बनाउन सक्ने मात्र नेतृत्व तहमा आउनुपर्छ। ४० प्रतिशत युवा जनसंख्या भएको देशमा वडा देखी केन्द्र सम्म सातै तहमा सक्षम युवाहरु नेतृत्वतहमा पुग्न आवश्यक छ। युवाहरुमा राजनीति प्रति बढ्दै गईरहेको बितृष्णा न्यूनिकरण गर्न र युवाहरुलाई नेपाली काँग्रेसमा आक्रसित बनाउन अब नेपाली काँग्रेसको नेतृत्व गगन थापाले गर्नुपर्छ। दुईपल्ट जननिर्वाचित भएको, स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गरेको, नेपाली काँग्रेसलाई बलियो बनाउन सक्ने भिजन भएको र आम नेपालीले रुचाएको गगन थापाले नेपाली काँग्रेसको नेतृत्व गरेमा पक्कै पनि नेपाली काँग्रेस एक नम्बरको पार्टी बन्ने छ।

तपाइँको प्रतिक्रिया ।