Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/221764137_347667070333831_5020257775068451108_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/227200821_347667190333819_675588038108981961_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बागमती प्रदेश सरकारले शुरु गर्यो चुरियामाई सुरुङको पुनर्निर्माण

कपन अनलाइन

हेटौडा, श्रावण १५ ।मकवानपुरको चुरियामाई सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ ।पूर्वपश्चिम राजमार्गको मकवानपुर र बाराको सिमाना हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको सुरुङमार्गको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरेका छन् ।१०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको सुरुङमार्गको पुनर्निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँ लागतमा पुनर्निर्माण गर्न लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशकै पहिलो चुरियामाई सुरुङमार्गको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको बताएका छन्  ।मुख्यमन्त्री पौडेलले इतिहासको प्रचारप्रसार गर्न तथा पर्यटन प्रवद्र्धन गर्नको निम्ति प्रदेश सरकारले सुरुङमार्गको पुननिर्माणको काम शुरु गरेको बताए । उनले चुरियामाई सुरुङमार्गलाई अध्ययन गर्ने स्थलका रुपमा विकास गरिने समेत बताए ।

यसैगरि कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पुनर्निर्माणको जिम्मा पाएको माउण्टेन इन्फ्रा कम्पनीलाई समयमै पुननिर्माणको काम सम्पन्न गर्न आग्रह गरेका छन्  । उनले देश सुरुङमार्गमा प्रवेश गरिसकेको बताउँदै भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङमार्गको चाँडैनै टेण्डर खुल्ने दाबी गरे ।उनले पोस्टबहादुर बोगटी सुरुङमार्गको नाम परिवर्तन गर्न केहि राजनीतिक दलको दबाब आएको समेत बताए । उनले प्रदेश सरकार पोस्टबहादुर बोगटी सुरुङमार्ग निर्माण गर्नबाट पछि नहट्ने बताए ।

मन्त्री फुयाँलले प्रदेश सरकारले जनचाहना अनुरुप काम गरेको बताउँदै प्रदेश सरकारले हालसम्म ५० वटा पुलहरु निर्माण सम्पन्न गरिसकेको र अझै डेड वर्षमा ५० वटा पुलहरु निमार्ण गर्ने जानकारी दिएक थिए  ।मन्त्री फुयाँलले प्रदेश सरकारले १ सय वटा सम्पदा संरक्षणको कार्यक्रम,साना तथा ठूला गरी १ सय वटा सिचाँई निर्माण कार्यक्रम,एक घर एक धारा लगाएतका अभियान कार्यक्रम अघि बढाएको बताउदै  प्रदेश सरकारले करिब ४ सय किलोमिटर कालोपत्रे सडक निमार्ण गरेको समेत जानकारी गराएका थिए  ।शिलान्यास कार्यक्रममा बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव बहादुर भण्डारीले प्रदेश सरकारले ३ करोड ३६ लाख १३ हजार ८७८ रुपैँया लागतमा पुननिर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको बताए ।उनले पुननिर्माण कार्य २०७९ बैशाख सम्म सम्पन हुने बताए ।

 चुरियामाई सुरुङ मार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।चन्द्रशम्शेरको पालामा निर्णाण गरिएको उक्त मार्ग पाँच सय मिटर लामो,नौ फिट चौडाइ र १० फिट उचाइ रहेको थियो । पछिल्ला वर्षहरुको पहिरा,भुकम्पले विभिन्न भागमा क्षति भएपछि हाल उक्त मार्ग करिब दुई सय ८० मिटरमात्र बाँकी रहेको छ । उक्त सुरुङ मार्ग नजिकै चर्चित चुरियामाईको मन्दिर रहेको छ ।

तपाइँको प्रतिक्रिया ।