Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/227839167_372503337804996_5518555652316797913_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कीर्तिपुरको ऐतिहासिक दरबार अवलोकनमा काठमाडौं महानगर र मध्यपुर थिमि नगरका प्रमुख

कपन अनलाइन

काठमाडौं,श्रावण १५। कीर्तिपुरको ऐतिहासिक दरबार बनाउने बिषयमा बुधबार काठमाडौं महानगरपालिका तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख क्रमशः विद्यासुन्दर शाक्य र मदनसुन्दर श्रेष्ठको टोलीले  स्थलगत अबलोकन गरेका छन ।

 

 टोलीमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्यकीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का कीर्तिपुर नगरपालिका वडा नं १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ६ का अध्यक्ष न्हुच्छे बहादुर महर्जन, वडा नं. १० का अध्यक्ष अमन महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा लगाएको उपस्थिति रहेको थियो। टोलीले   कीर्तिपुर नगरपालिका वडा नं. १, लाय्कूस्थित दरबार क्षेत्रको अबलोकन गर्नुको साथै  कीर्तिपुर नगरपालिका वडा नं. १, २ र १० छुने कीर्तिपुरकै गौरवको योजना युद्ध स्मारक पार्कमा  गरिएको वृक्षारोपण कार्यक्रममा सहभागी हुदै वृक्षारोपण समेत गरेका थिए । सो  स्मारक पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाले एक करोड रूपैंया सशर्त सहयोग गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।