साहित्यप्रेमी नगर प्रमुख उद्दव खरेलको सपना “सिर्जना ग्राम”

साहित्यप्रेमी नगर प्रमुख उद्दव खरेलको सपना “सिर्जना ग्राम”

कपन अनलाइन

काठमाण्डौ ,साउन १५।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले नगरपालिकालाई साहित्य साधना र उन्नयनका लागि देखेको “सिर्जना ग्राम” को सपना पुरा हुने चरणमा पुगेको छ।

साहित्यमा निकै रुची राख्ने र बेला बेलामा आफ्ना भावनाहरु कविताका मार्फत ब्यक्त गर्ने नगरप्रमुख खरेलले स्थानीय साहित्यकारहरुको प्रवर्धन र अध्ययन संस्कृतिको विकासका लागि “सिर्जना ग्राम”को अवधारणा अगाडी सार्दै नगर परिषद बाट नै यसका लागि बजेटको व्यवस्थापन गरेका छन।

शिवपुरी बाबा र खप्तड बाबा जस्ता साधकहरुले लामो समय साधना गरेको पावन भुमि बुढानिलकण्ठ क्षेत्रमा साहित्यकार ,साहित्यप्रेमी र सर्जकहरुलाई उत्प्रेरित गर्नका लागि करिव तिन वर्ष अगाडी कपन साहित्य समाजको साधारण सभामा “सिर्जना ग्राम” निर्माण गर्ने घोषणा गरेका प्रमुख खरेलको सपना साकार बन्ने चरणमा पुगेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा करिव १४ रोपनीको  क्षेत्रफलमा निर्माण हुने सो “सिर्जना ग्राम”को डीपीआर तयार भएको छ भने जग्गा व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ।

देश विदेशका साहित्यकारहरुको लागि आवास,लेखन कक्ष ,पुस्तकालय ,अनुसन्धान केन्द्र सहित फलफुल बगैचा लगायतका संरचना निर्माण हुने “सिर्जना ग्राम” को काम अगाडी बढेको सुइँको पाउन साथ अहिले त्यसको श्रेय लिनका लागि होड चल्न शुरु भएपनि यसलाई जसरि पनि निर्माण गर्ने लक्षमा रहेको बताउदै आएका नगर प्रमुख खरेलले चाडै नै यसको औपचारिक शिलान्यास हुने जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाको बौद्धिक सम्पति संरक्षण , अध्ययन अनुसन्धान  र साहित्यिक विमर्शका लागि सामुहिक थलोका रुपमा विकास गर्न लागिएको  “सिर्जना ग्राम” बन्ने कुराले मात्र पनि धेरैमा तुक बिनाको बेचैनी शुरु भएको एक जनप्रतिनिधिले बताएका छन।

नगर प्रमुख खरेललाई जसरि पनि असफल बनाउनु पर्छ भनेर २०७४ जेष्ठ १० गते भएको सपथ ग्रहणको भोलि पल्ट बाटै मिसन शुरु गरेका केहि व्यक्तिहरुमा “सिर्जना ग्राम”  बन्ने कुराले बेचैनी र उकुसमुकुस शुरु भएको बताउदै उनले निर्माण स्थल वरिपरी गएर जसले फोटो खिच्छन  उसैको सपना भनेर प्रचार गर्न थालिएको भन्दै व्यंग्य गरेका छन।

नगरपालिकामा कार्यालय रहेका विभिन्न संचार माध्यमहरुले बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजना गरेको साहित्यिक कार्यक्रममा मेयर साव कविता वाचन गर्दै “सिर्जना ग्राम” का लागि बजेट व्यवस्थापन गर्ने घोषणा गरेको स्मरण गर्दै एक वडा अध्यक्षले यस वर्षको नीति तथा कार्यक्रम मै प्रमुख योजनाका रुपमा “सिर्जना ग्राम” लाई राखिएको बताएका छन।

नगर प्रमुखले नै साहित्य र सिर्जनाका लागि यसरि सक्रिय पहल गर्नु निकै सुखद र प्रसंशा योग्य काम भएको बताउदै  एक साहित्यकारले उनको सपना समग्र नगरपालिकाको सपना भएकोले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।