नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको पूर्ण बैठक बस्दै ,अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको पूर्ण बैठक बस्दै ,अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,साउन १५।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको पूर्ण बैठक साउन १६ गते ( भोलि) बस्ने भएको छ । काठमाण्डौ नंया बस्तीमा रहेको ड्रिम हाउस पार्टी प्यालेसमा बिहान ८ बजे देखि शुरु हुने उक्त बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटीले जानकारी दिएको छ।

काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक ,नगर कमिटी अध्यक्षहरु र जिल्ला कमिटीका सदस्यहरु संगको चरणवद्ध छलफल पश्चात डाकिएको सो पूर्ण बैठकमा जिल्ला कमिटीको पूर्णताका लागि विस्तार, विभागका नेतृत्व चयन ,जेष्ठ कम्युनिस्ट मंच गठन लगायतका एजेन्डाहरु रहेको जिल्ला कमिटीका सचिव दिपक निरौलाले जानकारी दिएका छन।

त्यस्तै सो बैठकले विभिन्न जनसंगठन र तल्लो तहका कमिटीहरुका इन्चार्ज चयन गर्नुका साथै जिल्लाले संचालन गरेको सदस्यता विस्तार,संगठन  सुद्धिकरण र सुदृढीकरण अभियानको समिक्षा सहित थप अभियानका वारेमा छलफल हुने बताउदै निरौलाले  बैठकमा अनिवार्य उपस्थितिका लागि जिल्ला कमिटीका सदस्यहरुलाई आग्रह गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।