गोकर्णेश्वर नगरपालिकाको दुइ वटा खोप केन्द्र बन्द

गोकर्णेश्वर नगरपालिकाको दुइ वटा खोप केन्द्र बन्द

कपन अनलाइन

काठमाडौं,श्रावण १४ । गोकर्णेश्वर नगरपालिकाको कोभिड -१९ बिरुद्दको खोप केन्द्र बन्द गरिएको बारे सार्वजनिक सुचना जारी गरेको छ ।नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको उक्त सुचनामा  गोकर्णेश्वर  नगरपालिकाको मिति २०७८ श्रावण १३ गतेको कोभिड -१९ बिरुद्दको खोप लगाउने बारेको सुचना बमोजिम नगरपालिका क्षेत्रमा संचालनमा रहेका ५ वटा खोप केन्द्रहरु मध्ये उपलब्ध खोपको सिमितता तथा सेवाग्राहीहरुको छाप समेतका आधारमा  २ वटा खोप केन्द्रमा खोप लगाउने कार्य मिति २०७८ साल श्रावण १५ गते देखि बन्द गरिने र बाँकी ३ वटा खोप केन्द्रमा पूर्व सुचना बमोजिमनै खोप लगाउने कार्य जारी रहेने जानकारी गराइएको छ।  नगरपालिकाले गोकर्णेश्वर नगरपालिका वडा नं २को श्री  बालसुधार माबी र गोकर्णेश्वर नगरपालिका वडा नं ६ को श्री चार्ल्स डार्विन एकेडेमी खोप केन्द्र बन्द गरिएको  उक्त सुचनामा  उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।