गोकर्णेश्वरमा बिहिबार १८ सय ९ जनाले कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाए

कपन अनलाइन

काठमाडौँ, श्रावण १५ । गोकर्णेश्वर नगरपालिकामा श्रावण १४ गते बिहिबार १८ सय ९ जनाले कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन ।नगरपालिकाले ५ वटा खोप केन्द्र बाट  कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाएको हो,  जसमा ८७२ जना पुरुष र ९३७जना महिला रहेका छन ।

नगरपालिका क्षेत्रमा संचालनमा रहेका ५ वटा खोप केन्द्रहरु मध्ये उपलब्ध खोपको सिमितता तथा सेवाग्राहीहरुको चाप समेतका आधारमा  २ वटा खोप केन्द्रमा खोप लगाउने कार्य मिति २०७८ साल श्रावण १५ गते देखि बन्द गरिने र बाँकी ३ वटा खोप केन्द्रमा पूर्व सुचना बमोजिमनै खोप लगाउने कार्य जारी रहेने  नगरपालिकाले जनाएको छ ।  नगरपालिकाले गोकर्णेश्वर नगरपालिका वडा नं २को श्री  बालसुधार माबी र गोकर्णेश्वर नगरपालिका वडा नं ६ को श्री चार्ल्स डार्विन एकेडेमी खोप केन्द्र बन्द गरिएको  सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

फाइल फोटो; सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।