ओखलढुंगा-काठमाण्डौ सम्पर्क मंचले सनिवार कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाण्डौ , साउन १४।

ओखलढुंगा-काठमाण्डौ सम्पर्क मंचले सनिवार कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।  काठमाण्डौ नव दुर्गा पार्टी प्यालेस सुकेधारामा साउन १६ गते सनिवार बिहान ११.३० बजे हुने सो कार्यक्रममा अगुवा कार्यकर्ताहरुको सहभागिता रहने छ।

ओखलढुंगा जिल्ला बाट काठमाण्डौमा  आएर बसोवास गत्दै आएका नेकपा एमालेको विभिन्न कमिटीहरुमा सक्रिय रहेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने उक्त कार्यक्रममा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।