सिन्धुलीगढी युद्ध संग्रहालय उदघाटन

कपन अनलाइन

काठमाडौं, श्रावण १४  । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उदघाटन गरेकी छन् ।  दुई वर्ष अगाडी शुरु भएको संग्रहालय निर्माणको काम सकिएसँगै  बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले निर्माण गरेको सो   संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

कुल ६ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

फोटो रा स स

तपाइँको प्रतिक्रिया ।