Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/221504088_605965803703289_4340080638688813660_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/221670288_605965940369942_4274975103311504710_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पुर्वी काठमाण्डौ नयां सहरी विकास आयोजनाका कार्यकारी प्रमुख संग नेपाल तरुण दल काठमाण्डौको छलफल

कपन अनलाइन

काठमाडौँ,श्रावण १४ ।पुर्वी काठमाण्डौ नयां सहरी विकास आयोजना”का कार्यकारी प्रमुख दिपक श्रेष्ठ संग बुधबार काठमाडौ जिल्ला तरुण दल अध्यक्ष सहितको टोलीले छलफल गरेको छ ।काठमाण्डौको उत्तर पुर्वी क्षेत्रमा पर्ने गोकर्णेश्वर  नगरपालीकाको १,२,४, कागेश्वरी  मनोहरा नगरपालीकाको १, २, ३, ४ र शंखरापुर नगरपालीको वडा नं. ९ मा पर्ने करीब २० हजार रोपनी जग्गामा नयां सहर बनाउने तीन नगरपालीकाको योजना कार्यान्वयनमा अगाडी बढेको जानकारी पाए संगै सो योजना कसरी अगाडी बढाउन लागिएको हो भन्ने बिषयमा  आयोजनाका कार्यालय प्रमुख दिपक श्रेष्ठ संग छलफल गरेको हो  । टोलीले आयोजना प्रमुखललाई निम्न सुझाब दिएको  काठमाडौ जिल्ला तरुण दल अध्यक्ष कृष्णजि खड्काले जानकारी गराए ।

१. सबै वडाहरुमा सार्वजनीक छलफल चलाउनु पर्ने ।

२.जनताको जग्गा व्यवस्थित घडेरी निर्माण गरि जनतालाई फिर्ता गर्ने भन्ने उक्त योजनामा जग्गा धनिको जग्गा अधिकतम २५ प्रतिसत भन्दा बढी काट्न नपाईने ।

३.रोक्का गरि डिपिआर तयार भए पछी जग्गा फिर्ता गर्नु पर्ने ।

४. ल्याण्ड पुलीङको काम २ देखी ३ बर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने लगायतका विषयमा सुझाब दिएका छन  ।

साथै हाल उपत्यकामा भैरहेका विभिन्न स्थानका बस्ती विकास आयोजनाले छोटो समयमा योजना सम्पन्न गर्छौ भनी जग्गा रोक्का राख्ने र १५ बर्ष सम्म पनी आफ्नो जग्गा धनी पुर्जा फिर्ता नपाएको कारण धेरै जग्गाधनीहरुले दुख झेल्नु परेको स्मरण गराउंदै, यस्तो अवस्था श्रृजना गरेमा जनताको तर्फ बाट प्रतिवाद गर्ने समेत जानकारी  गराउदै  आवश्यकता अनुसार तीनै नगरपालीकाका प्रमुख संघ छलफल गर्ने  उनीहरुले बताएका छन  ।  छलफलमा सरोकारवाला एबम तरुण बिधार्थीहरुको उपस्थिति रहेको  थियो ।

तपाइँको प्रतिक्रिया ।