Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/221846587_819853082053616_4357748503643845581_n-736x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकाको ७५ औ कार्यपालिका बैठक सम्पन्न यस्ता छन निर्णयहरु

कपन अनलाइन

काठमाडौं, श्रावण १४ । कागेश्वरी मनोहरा नगरपालिकाको ७५ औ कार्यपालिका बैठक सम्पन्न भएको छ। नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा   श्रावण ११ गते आइतबार बसेको बैठकले निम्न निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए ।

१)  जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट आ वा २०७८/७९ को लागि स्वीकृत जिल्ला दररेट निम्न बमोजिम संसोधन गरि नगर दररेट स्वीकृत गर्ने ।

क) नगरपालिकाको वडा नं १ अन्तर्गत पर्ने साबिक गागलफेदी गाबिसको कागेश्वरी धाम, लोकतान्त्रिक सहिद पार्क, मकैबारी  र पिपल डाँडामा निर्माण कार्य गर्दा ढुवानी बापत निर्माण सामग्रीमा १० प्रतिशत थप गरि दररेट विश्लेषण गरि ल.ई तयार गर्ने ।

ख) स्थानीय बालुवा प्रशोधन केन्द्र (वासिंग) बाट निस्केको ग्राभेल प्रति घन फिट रु ३१।

ग) आल्मुनियम पार्टिसनमा प्रयोग हुने तयारी धोका र झ्याल आवश्यक हार्डवेयर र फिटिंग सहित (64X31X 1.1 ) मिमो सेन्ससको प्रति बर्ग फि ५५० ।

घ) चारैतिर मेसिन कटिंग गरेको छाप्ने  ढुंगा १ इन्च सम्मको बाक्लो प्रति बर्ग फि रु १३५/-१ इन्च सम्मको बाक्लो प्रति वर्ग फि रु १५० ।

ङ) पुरातात्विक इँटा (दाची आप्पा) लगाउने कार्यको ज्याला प्रति वर्ग फिट रु १७०  र पुरातात्विक बुट्टा इँटा (डेकोरेटिभ आप्पा) लगाउने कार्यको ज्याला प्रति रनिंग फीट रु ६० ।

च) अरु दररेट जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकृत गरेकै दररेटलाइ कार्यन्वयन गर्ने निर्णय भएको जानकारी गराएका छन। त्यसै गरि

२) कागेश्वरी मनोहरा नगरपालिकाले लागु गरेको भवन निर्माण मापदण्ड  २०७५ मा केहि प्राविधिक कारणले घर निर्माण भइ अन्तिम सम्पन्नता  लिन समस्या देखिएको हुँदा नगरपालिकामा कार्यरत प्राबिधिक  तथा वडा अध्यक्ष को परामर्शमा २०७८ साल भाद्र १ गते देखि लागु हुने गरि भवन मापदण्ड २०७५ पाँचौ नगर सभा बाट संसोधन भै आए बमोजिम गर्ने ।

३) गत आ.व. २०७७/७८ अगाडी  ठेक्का प्रक्रिया सुरु भई  सम्पन्न नभएका  वडा नं १ देखि ९ सम्मका ५६ वटा योजनाको कार्य प्रगतिको आधारमा भुक्तानी बाँकी भै निर्माण सम्पन्न भए पछि भुक्तानी जिम्मेवारी सरि आएको दायित्व रु ८४, १८ १५ ६५४.८०  तथा उपभोक्ता समितिले सम्झौता गरि कार्य सम्पन्न नभएका जिम्मेवारी सरि आएको रु ९,३८,०३,३४९.९४ समेत गरि जम्मा रु ९३,५६,१९,००४,८०  पुजीगत शिर्षकमा थप दायित्व बाँकी रकमलाई आ व २०७८/७९मा जिम्वेवारी सारी कार्यन्वयन गर्ने ।

४) निर्माण कार्यको दररेट स्वीकृत भएकोले नगर सभा बाट अनुमोदन भएका बार्षिक बजेट लेखा प्रणालीमा श्रावण मसान्त भित्र प्रविष्टी   गरि २०७८ भाद्र १ गते वाट अनुकुल स्थानमा निर्माण कार्य सुचारु गर्ने ।

५) नेपाल सरकारबाट प्राप्त लक्षित उमेर समूहको खोपलाइ प्रभावकारी र सहज रुपले नगरबासीलाइ उपलब्ध गर्न हाल नगरपालिकाले संचालन गरेको वडा खोप केन्द्रलाइ नेपाल सरकार बाट खोप प्राप्त भए पछि दक्ष जन शक्ति सहित संचालन गर्ने निर्णय भएको जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।