Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/224208303_1046106596159557_3632657181474342931_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/220396569_1232517423854894_4742966282814930305_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

जोसेफ कलेज/ स्कुलले बोधिसत्व बिहारसंगको सहकार्यमा राहत वितरण गर्यो

कपन अनलाइन

काठमाण्डौ श्रावण १२ । जोसेफ कलेज, जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको पहिलो चरणको राहत बितरण कार्यक्रम सम्पन्न भएको छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना-१९ को दोश्रो भेरियन्ट संक्रमण र बाढी पहिरोको कारण आफ्नो रोजगार र ब्यबसाय गुमाएका, परिबारका सदस्य संक्रमीत भएर हातमुख जोड्न समेत समस्यामा परेका बुढानिलकण्ठ नगरपालिका वडा न १० र १२ का बिपन्न परिबार, बिध्यालयका कर्मचारी,दैनिक गुजारा गर्न समेत अप्ठेरोमा परेका जोसेफ एजुकेसनल नेटवर्कका अभिभाबकहरु गरि कुल १५५ परिबारको लागि बोधिसत्व बिहारसंगको सहकार्यमा सोमबार  राहत वितरण  गरिएको छ ।

 राहत  अन्तर्गत २५ केजि जिरा मसिनो चामल,एक-एक केजि कालो दाल, रातो दाल, राज्मा,चना, केराउ,चिनी, नुनका साथै तेल, मसला, बेसार, नुवाउने साबुन , लुगा धुने साबुन, भाडा माझ्ने साबुन सहितको प्रती परिबार करिब रु.३५०० को दरले जम्मा रु. ५,४२,५०० को सामग्री बितरण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

राहत बितरण कार्यक्रमा बोधिसत्व बिहारका प्रमुख सहित बिहार परिबारका सदस्यहरु , बुढानिलकण्ठ नगरपालिका वडा न १० का सदस्य भुप प्रसाद रेग्मी,  बुढानिलकण्ठ नगरपालिका  वडा न १२ का समाजसेबीहरु, कामपा वडा न.६ का समाजसेबी योगेन्द्र ढकाल, जोसेफ हाई स्कुल/ कलेजका सस्थापक प्राचार्य सुर्य बहादुर अधिकारी, ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारी, जोसेफ हाई स्कुलका सहायक प्राचार्य दिपक अधिकारी अमित अधिकारी, ज्ञानेन्द्र रीजाल, स्मीता रीजाल, चादनी श्रेष्ठ, डान्स प्रशिक्षक प्रकाश शर्मा, संचारकर्मी तथा समाजसेबी सबिन पन्त,कपन जेसिजका अध्यक्ष नवराज बन तथा महासचिव डि जे अधिकारी, लगायतको उपस्थितिमा भौतिक दुरी कायम गरि ब्यबस्थित रुपमा पहिलो चरणको राहत बितरण गरिएको थियो ।कार्यक्रममा छोटो शुभकामना मन्तब्य राख्दै बिध्यालयका सस्थापक प्राचार्य सुर्य बहादुर अधिकारीले   आगामी दिनमा विभिन्न सामाजीक संघ-सस्था संगको सहकार्यमा राहत बितरण कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।