Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/225305682_371344604338802_8702202299653716008_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/223430176_1467130420308864_7115715531745214003_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/220047168_358915495673380_6497613061977450212_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/220150735_1208228366257355_5985262506008628295_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

तारकेश्वर नगर स्काउटको दीक्षान्त समारोह सम्पन्न

कपन अनलाइन

काठमाडौं श्रावण १२  ।  नेपाल स्काउट तारकेश्वर नगर समितिले नगर प्रमुख,उप-प्रमुख तथा समितिका सदश्यहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ।    देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भए पश्चात् विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस र जारी निषेधाज्ञाको कारणले स्थानीय तहमा दीक्षान्त कार्यक्रम आयोजना गरिएको थिएन तारकेश्वर दिक्षान्त गर्ने स्थानीय तहहरु मध्य दोस्रो भएको छ।

 हरेक स्कुल र कलेजमा स्काउट स्थापना गर्ने  र एक घर एक स्काउट अवधारणा लिएर संगठन विस्तार गर्ने उद्घोष गर्दै पद तथा गोपनियताको सपथ सम्पन्न भएको हो । तारकेश्वर नगर समितिका सदश्य सानुकाजी थापाको संचालनमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीको रहेको थियो भने नेकपा एमाले वाग्मती प्रदेश मूख्य सचेतक दीपक निरौला,नेपाल स्काउटका बागमती प्रदेश सदस्य  शिवराम अर्याल लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा र नगर उप-प्रमुख भवानी डोटेलले संरक्षक र प्रमुख स्काउटको पद तथा गोपनियताको प्रतिज्ञा लिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि  नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाढी बढाएको बताउदै नयाँ सरकारले त्यसको सफल कार्यन्वयनका लागि जोडदिनु पर्ने बताए । उनले विगत देखि नै स्काउटले विपद् ब्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएको र स्काउटको आवद्धताले स्वयंसेवा भावनाको विकास मात्र नगरी यो अभियानमा जोडीनेहरुको बौद्धीक, नैतिक र सामाजिक विकाश हुने बताए्रयस्तै उनले पछिल्लो समय विपद व्यवस्थापनमा समेत सक्रिय बन्दै आएको स्काउटले कोरोना महामारेबाट ज्यान गुमाएकाको शब व्यवस्थापन,राजधानीमा पार्किङ्ग व्यवस्थापन तथा ट्राफिक लाईट व्यवस्थापनमा अतुलनीय योगदान गरेको बताएका थिए  ।

 कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै नेकपा एमाले वाग्मती प्रदेश मूख्य सचेतक दीपक निरौलाले स्काउटको विकासका लागि तारकेश्वर नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए  । मुलुक संघिय सरचनामा गएसगै स्काउटको अधिकार स्थानिय तहमा पुगेको बताउदै उनले आगामी दिनमा स्काउटको विकास र बिस्तारका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताए ।

सञ्चारकर्मी एबम गोकर्णेश्वर नगरपालिका स्काउट संयोजक सुदर्शन बजगाईले स्काउटले खेलेको भुमिकाको प्रशसा गदै स्काउटका गतिविधि जनताको माझ पुराउन आगामी दिनमा स्काउट र सञ्चार माध्यम विच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए  ।  कार्यक्रममा स्थानिय स्काउट संरक्षक एवम नगर प्रमुख रामेश्वर बोहराले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताएका थिए  । उनले भावी दिनमा नगर भित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको बताए।  बोहोराले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेलेको बताएका थिए  ।

कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट भवानी डोटेल भानुले आफ्नो कार्यकालमा स्काउटको विकासको लागि सक्दो सहयोग गर्दै महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।कार्यक्रममा तारकेश्वर नगरपालिका स्थानिय स्काउट संयोजक एबम् नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतले बोलेर भन्दा नी काम गरेर एक घर एक स्काउटर उत्पादन गर्ने प्रतिबद्धता गर्दै कार्यक्रम समापन गरेका थिए।

फोटो : हरिराम भेटवाल

तपाइँको प्रतिक्रिया ।