Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/223769448_2905267756353910_4034752463668834023_n-764x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं १ को सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचना

कपन अनलाइन

काठमाण्डौ श्रावण १२ । गोकर्णेश्वर नगरपालिका वडा नं १ले सामाजिक सुरक्षा भत्ताको लागि  परिचयपत्र नविकरण गर्ने बारे सार्वजनिक सूचना सार्वजनिक गरेको छ । वडा  अध्यक्ष राम मानन्धरले जारि गरेको उक्त सुचनामा  सामाजिक सुरक्षा भट्ट वितरण कार्यविधि २०७७ को नियम ४ को उपनियम १ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीले श्रावण महिना देखि कार्तिक महिना भित्र समबन्धित वडा कार्यलयमा नवीकरणका लागि निवेदन दिनु पर्ने  व्यहोरा उल्लेख भएकोमा आर्थिक वर्ष २०७८/ ७९ को बजेट वक्तव्य बमोजिम आर्थिक वर्ष २०७८/७९ देखि त्रैमासिक बजेट निकासा हुने भएकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम त्रैमासिक बजेट निकासा गरि असोज मसान्त भित्र पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने भएकाले राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको मिती २०७८ साल श्रावण ३ को चलानी नम्बर ६१ बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं १ भित्रका लाभ ग्राहीहरुले आर्थिक वर्ष २०७८/७९को लागि २०७८ साल भदौ मसान्त भित्र निम्न कागजात सहित नवीकरणको लागि वडा कार्यालयमा निवेदन दिन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

आवश्यक कागजात :

  १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) २ प्रति पासपोर्ट साइजको फोटो

३ ) सामाजिक सुरक्षा प्राप्त गरिरहेको परिचय पत्र/ परिचय पत्र नम्बर

४ ) बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि

५  ) अपांगता भएको व्यक्तिको हकमा पालिका बाट जारि भएको  परिचय पत्र

६ ) असहाय एकल / बिधुवा महिलाहरुको हकमा पतिको मृत्युदर्ताको प्रतिलिपि तथा वडाले अबिवाहित प्रमाणित गरेको प्रतिलिपि

नोट: तोकिएको समयमा नवीकरण नगराएमा सामाजिक सुरक्षा  भत्ता प्रदान नगरिने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।