उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बन्दा शिक्षा क्षेत्रमा खुसियाली !

कपन अनलाइन

काठमाण्डौ ,साउन ११।

शिक्षासेवी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बन्दा शिक्षा क्षेत्रमा खुसियाली छाएको छ। लामो समय देखि नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेका को  प्याव्सनका पुर्व अध्यक्ष श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए संगै उनलाई  निजि  विद्यालयहरुका प्रिन्सिपल ,संचालक र संघ संगठनका तर्फ बाट बधाईको ओइरो लागेको छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्ब अध्यक्ष समेत रहेका श्रेष्ठलाई प्याव्सन,हिसान,नेसनल प्याव्सन लगायतका संस्थाहरु र तिनको नेतृत्वमा रहेका शिक्षासेवीहर बधाई दिनेको अग्रपंक्तिमा रहेका  छन।

दशकौ शिक्षा क्षेत्रमा बिताएका श्रेष्ठ स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने स्थानमा पुग्दा धेरै खाले टिका टिप्पणीहरु भैरहेको अवस्थामा निजि शैक्षिक संस्थाका प्रतिनिधिहरु हने खुसि र उत्साहित देखिएका छन।

    फोटो सौजन्य : सेन्ट्रल हिसान फेसबुक पेज

तपाइँको प्रतिक्रिया ।