Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/224704418_4006393232822203_1773354898125010906_n-766x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चन्द्रागिरि नगरपालिका वडा नं १को सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धि सूचना

कपन अनलाइन

काठमाडौं श्रावण ११ । चन्द्रागिरि नगरपालिका वडा नं १को सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।  वडा अध्यक्ष राजेन्द्र केसीले जारि गरेको उक्त सुचनामा सामाजिक सुरक्षा ऐन २०७५ तथा नियमावली २०७६ अनुसार हाल सामाजिक, सुरक्षा भत्ता पाइरहेका ज्येष्ठ नागरिक , विधुवा, एकल महिला र अपाङ्ग लगायतका लक्षित समूहका लाभग्राहीहरुले आगामी आर्थिक वर्ष २०७८ /७९ मा नियमित रुपमा भत्ता लिनको लागि अनिवार्य रुपमा २०७८ साल श्रावण १ गते देखि ३० गते भित्र नवीकरणका लागि भत्ता पाउने ब्यक्ति आफै र बालबालिकाको हकमा निजको आमा बाबु, वा संरक्षक र आफै उपस्थित हुन नसकेको हकमा निजको  संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले वडा कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ । साथै नवीकरणको लागि निवेदन नदिने लाभग्राहीहरुले २०७८ साल श्रावण महिना देखि भत्ता प्राप्त गर्न नसक्ने समेत जानकारी गराएको छ ।

नवीकरणको लागि आवश्यक कागजात:

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) २ प्रति रंगिन पासपोर्ट साइज, २ वटा अटोसाइज

३) बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

४ ) अपांगता भएको व्यक्तिको हकमा अपांगता परिचय पत्रको प्रतिलिपि

५) बिधवा महिलाको हकमा पतिको मृत्यु  दर्ता प्रमाणपत्रको  प्रतिलिपि

६) एकल महिला वा सम्बन्ध बिच्छेद  गरि अर्को बिवाह नगरेको ६० वर्ष पुगेको महिलाको हकमा समबन्ध विच्छेद गरेको प्रमाण पत्रको प्रतिलिपि र अर्को बिवाह नगरेको प्रमाण

७) सम्पर्क नम्बर  आवश्यक रहेको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।