जिल्ला बैठक अगाडी सघन परामर्श र आक्रामक अभियानमा नेकपा एमाले काठमाण्डौका अध्यक्ष कृष्ण राई

कपन अनलाइन

काठमाण्डौ ,साउन ११।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले जिल्ला कमिटीको बैठक अगाडी सघन परामर्श र आक्रामक अभियान संचालन गरिरहेका छन।

काठमाण्डौ जिल्लामा सदस्यता विस्तार,भेला,बैठक र प्रशिक्षणलाई तीव्रता दिएका जिल्ला अध्यक्ष राईले तल्लो तहका नेता कार्यकर्ता तथा कमिटीहरुको सुझाव र रिपोर्टिंग पछी जिल्ला कमिटीको बैठक राख्ने तयारी गरेका काठमाण्डौ  जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले जिल्ला कमिटीको बैठक अगाडी सघन परामर्श र आक्रामक अभियान संचालन गरिरहेका छन

काठमाण्डौका १० वटै क्षेत्र बाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरु संग परामर्श र छलफल पछी साउन १६ गते पूर्ण  बैठक राखेको जिल्ला कमिटीले साउन ११ गते क्षेत्र नं १ ,२ र ६ ,साउन १२ गते क्षेत्र नं ४,५,७,८,९ र १० ,साउन १३ गते क्षेत्र नं ३  का सदस्यहरु संग छलफल गर्ने जानकारी दिएको छ।

काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा एकै दिन क्षेत्रीय कमिटीको बैठक आयोजना गरेर सदस्यता नविकरण,संगठन सुद्दिकरण तथा सुदृढीकरण अभियान संचालन गरेको जिल्ला कमिटीले केन्द्रीय कमिटीको निर्देशन अनुसार भाद्र ५ गते जिल्लाका १३८ वडामा हुने अधिवेसनको तयारी पनि शुरु गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।