वडा नं. १२ मा चालु योजनाहरु सम्झौता गर्न आउन नागरीक वडा मञ्चको आव्हान

वडा नं. १२ मा चालु योजनाहरु सम्झौता गर्न आउन नागरीक वडा मञ्चको आव्हान

vda n 12

कपन अनलाइन\माघ २९, २०७१
बुढानीलकण्ठ नगरपालिकाले चालु आवमा परेका विकास निर्माणको योजनाहरुलाई सम्झौता गर्न सार्वजनिक सूचना गरेको लामो समय भए पनि कतिपय योजनाका सम्बन्धित पक्षहरु सम्झौता गर्न नआएकोले नागरीक वडा मञ्च चिन्तित हुन थालेको छ । देशकै सबैभन्दा ठूलो वडा भनेर चिनिएको यस नगरपालिकाको वडा नं. १२ का ९ वटा योजनाका सम्बन्धित पक्षहरु सम्झौता लागि अझै आएका छैनन् । नागरीक वडा मञ्चका संयोजक श्याम डोटेलले एक सार्वजनिक सूचना प्रकाशित गरी बाँकी रहेका यस्ता योजनाहरुलाई तत्काल सम्झौता गर्न आउन आग्रह गरेका छन् ।
बुढानीलकण्ठ वडा नं. १२ (साविक कपन गाविस वडा नं. ३) का यसरी सम्झौताका लागि आउन आग्रह गरिएका योजनाहरुमा कपन गाविसका तत्कालिन अध्यक्ष समेत रहेको मिठाराम अधिकारी अध्यक्ष रहेको कपन साहित्य समाज, कपनमा खेलकुदका बिभिन्न कार्यक्रम गर्दै आएको सदाबहार खेलकुद समाज, कपन ह्याण्डबल खेलकुद मैदान, नारायण चोक मिलनचोक भण्डारी गार्मेन्ट .मार्ग, बाल मार्ग, साततले नारायणचोक आकाशेधारा साँप्रेढुंगासम्म मूल बाटो सुधार, मटबहाल टोलमार्ग पूर्वाधार तयार र विष्णु लक्ष्मी मार्ग, सिद्धेश्वर मन्दिरको पहिरो नियन्त्रण रहेका छन् ।
नागरीक वडा मंचका संयोजकले एक सार्वजनिक सूचना कपन अनलाइनलाई उपलब्ध गराउँदै फाल्गुण १० गतेसम्ममा सबै योजनाहरु सम्झौता गरी विकास निर्माण अगाडि बढाउन आग्रह गरेका छन् । साथै उनले फाल्गुण १ र २ गते वडा नं. १२, १३ र १४ का नयाँ मतदाता परिचयपत्रको लागि फोटो खिचाउन पनि सबै सर्वसाधारणलाई आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।