डन चरी मारिएको ६ महिना पछी सहयोगीद्धारा आत्मसमर्पण

डन चरी मारिएको ६ महिना पछी  सहयोगीद्धारा आत्मसमर्पण

काठमाडौं, माघ २९  । दिनेश अधिकारी ‘चरी’ मारिएको ६ महिनापछि उनको समूहमा काम गर्ने एक सहयोगीले प्रहरीमा आत्मसमर्पण गरेका छन् । चरीको सहयोगी भएर गुण्डागर्दीमा लागेका शेर्पा भोटे भनिने नुर्बु शेर्पाले मंगलबार आत्मसमर्पण गरेका हुन् । धादिङका राधे भण्डारीलाई खुकुरी हानेको घटनामा उनी फरार थिए । मंगलबार उनले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुले भने शेर्पालाई पक्राउ गरेको दाबी गरेको छ । । बुधबार अदालतबाट म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाइएको बालाजु वृत्तका डिएसपी अर्जुन रानाभाटले बताए । २०७० साल पुस १४ गतृे चरीको समूहले धादिङका अर्का गुण्डागर्दीका नाइके राधेमाथि खुकुरी प्रहार गरेको थियो ।
don-chari-624x493
सोही घटनामा शेर्पा पनि संलग्न रहेको भन्दै भण्डारीले उनीविरुद्ध जाहेरी दिएका थिए । ठेकदार बिनोद श्रेष्ठको भोजमा राधेको समूह गएको सूचनाका आधारमा बाटो ढुकेर त्यसबेला चरीको समूहले आक्रमण गरेको थियो । बालाजुको एक पार्टी प्यालेसको अगाडि कुरेर बसेको चरीको समूहले भण्डारीलाई लखेटेर तरवारले आक्रमण गरेको थियो । उक्त समूहमा शेर्पा समेत रहेको भन्दै उनीविरुद्ध पनि उजुरी परेकोमा उनी फरार रहदै आएका थिउ । सोही घटनामा फरार रहेका चरीलाई पक्राउ गर्ने क्रममा मुठभेड हुदा गत २३ साउन प्रहरीको गोलीबाट चरी भिमढुङगामा मारिएका थिए । त्यसबेला प्रहरीले चरीका जयराम बानिया र राजु श्रेष्ठ मुद्दा चलाएपनि अरु फरार भएका थिए । त्यसअघि राधेको समूहले चरीलाई सतुंगलमा गोली हानेको थियो ।

त्यसकै बदला लिन चरी समूहले राधेलाई आक्रमण गरेको थियो । सोही घटनापछि काठमाडौं प्रहरी प्रमुख समेत फेरिएका थिए । गुण्डागर्दी बढ्दै गएपछि प्रहरी मुख्यालयले सुबोध घिमिरेलाई हटाएर एसएसपी रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो । पछि अपराध महाशाखाका एसएसपी पुष्कर कार्कीको टोलीले चरीलाई महिनौं पिछा गरी पक्राउ गर्न खोज्दा मुठभेड भएको थियो । मुठभेडमा चरीमा मारिएका थिए । चरी मारिएपछि उनको समूह त तितरवितर भइसकेको छ, राजधानीका अन्य गुण्डाहरु पनि सर्तक भएका छन् ।

तपाइँको प्रतिक्रिया ।