कागेश्वरी मनोहरा नगरपालिकाका यी स्थान बाट चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने
कपन अनलाइन
काठमाडौँ, असार २९ । कागेश्वरी मनोहरा नगरपालिकामा आज देखि श्रावण २ गते सम्म कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाका अनुसार आलापोट स्वास्थ्य केन्द्र वडा नं. २ आलापोट,मुलपानी नगर अस्पताल वडा नं. ६ मुलपानी, गोठाटार स्वास्थ्य केन्द्र वडा नं. ९ गोठाटार बाट५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका ब्यक्तिहरु, विश्वबिद्यालय, बिध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरुका लागि कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी गराएका छन ।
तपाइँको प्रतिक्रिया ।