गोकर्णेश्वरका यी स्थान बाट चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने
कपन अनलाइन
काठमाडौँ, असार २९ । गोकर्णेश्वर नगरपालिकामा २०७८ साल असार ३० गते देखि श्रावण २ गते कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यका अनुसार नेपाल मेडिकल कलेज अत्तरखेल र शंकरापुर अस्पताल नारायणटारमा५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका ब्यक्तिहरु, विश्वबिद्यालय, बिध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरुका लागि कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको हो ।
तपाइँको प्रतिक्रिया ।