बौद्ध प्रहरीको सक्रियता: गोकर्णेश्वर र बौद्धमा करिव ११ हजार लिटर घरेलु मदिरा नस्ट

बौद्ध प्रहरीको सक्रियता: गोकर्णेश्वर र बौद्धमा करिव ११ हजार लिटर घरेलु मदिरा नस्ट

कपन अनलाइन

काठमाण्डौ ,असार २६ ।

बौद्ध प्रहरीको सक्रियतामा गोकर्णेश्वर र बौद्धमा ११ हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ  नस्ट गरिएको छ।

असार २६ गते महानगरीय प्रहरी बृत्त बौद्धका कार्यालय प्रमुख प्रनाउ ढुण्डीराज न्यौपानेको कमाण्डमा गएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा नं ६ नागेश्वरी गल्लीमा गणेश जिम्बाले संचालन गरेको जिम्बा गलैचा कारखानामा रहेको टहरा र गोकर्णेश्वर नगरपालिका वडा नं ६ कमल फर्निचर कारखनामा छापा मार्दा भेटिएको घरेलु मदिरा र कच्चा पदार्थ नस्ट गरिएको हो।

बौद्ध प्रहरीले २५० लिटर घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ११०५० लिटर फेला पारी जनप्रतिनिधी र स्थानीय बासिन्दा रोहबरमा सोही स्थानमा पोखी नष्ट गरिएको थियो भने  २०० लिटरको ड्रम ५५ थान,चुल्हो थान-३,भट्टा थान-३ र ग्यास सिलिण्डर थान-१ समेत बरामद गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।