मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असार २६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् ।आज हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बोल्दै बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।

“तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं,” ओलीले भने । उनले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताए । प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने, घाइतेको उपचार सरकारले गर्ने बताए । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।