आकाशे पूल : मुक्तिनाथ शर्मा (कथा )
कपन अनलाइन
काठमाण्डौ ,असार २५।
नेपाल एउटा बिकासोन्मुख मुलुक हो । यसले दिन दुगुना भनेजसरि आफ्ना बिकासका अभियानहरू अगाडि बढाएको बढायै छ । यस्तो देख्दा जो कसैलाई पनि आनन्दानुभूति हुने गर्छ । देश अगाडि बढेकै अवस्था छ । यस्तो सकारात्मक अवस्था हुँदाहुँदै पनि कहिलेकाही दोषी आखाले पनि हेर्न पर्ने रहेछ । यो कलम धारीलाई त्यस्तै भएको अवस्था छ । भैगो भन्न नसक्नाले कलम घोट्ने गर्दछ । कसैले केही भन्लान तर पनि लेख्न अघि बढ्ने बानी छ छ । अहिले त्यहि बानीले यहा डोर्याएको छ । अरु काम गर्छन यो दोष दिन थाल्छ भन्लान कसैले । भए पनि लेख्न मन भएर आउने । त्यहि बानीले अहिले यहा निर्माणाधिन आकाशे पूलका बिषयमा लेख्न लागिएको छ ।
देशका शहरहरूमा जनघनत्व अनुसार बाटाहरू निर्माण गर्ने अभियान छ । ती बाटाहरूमा पैदल यात्रुले बाटो पार गर्नका लागि आकाशे पूल निर्माण गर्ने कार्य पनि धमाधम हुदैछ । यो कार्य चालु छ । अहिले त्यस्ता पूलहरू ठाउँ ठाउँमा छन र निर्माणाधिन पनि छन । निर्मित पूलहरू हुनपर्ने जस्ता भएनन भन्ने गुनाशा पनि आफ्नै ठाउँमा छन । भन्नेहरू भन्छन आकाशे पूलको चढाइ अल्को वा चर्को भयो । जेष्ट नागरीक तथा शारिरीक अवस्था कम्जोर मानिसका लागि ती पूलबाट उस्पार हुन गारो भयो । अन्धा अपाङ्गलाई अझै मुस्किल हुन्छ । तसर्थ ती पूल प्रयोग गरिदैन । पूल निर्माण गर्ने प्रयोगमा नल्याउने गर्न पनि भएन । तसर्थ यस्ता पूलहरू अपाङ्ग, तथा जेष्ट नागरीक मैत्री हुनु जरुरी छ भन्न थालिएको धेरै नै भयो । तर सुधार भैसकेको अवस्था रहेन ।
नयाँ बानेश्वरमा अन्तर्राष्ट्रीय सम्मेलन केन्द्र पश्चिमपट्टी एउटा आकाशे पूल निर्माण भयो । त्यो त्यस्तै चढाइको भएर अपाङ्ग तथा जेष्टनागरीक मैत्री भएन उनिहरूका लागि असुविधायुक्त भयो भन्ने गरिएकै र प्रयोग पनि खासै नभएको अवस्थामा त्यहिं नजिक काठमाण्डौँ भक्तपुर सडकको नयाँबानेश्वर चोकमा एउटा पूल हाल निर्माणाधिन अवस्थामा छ । यसको अहिले सम्मको लक्षण हेर्दा उहि पुरानु खालको हुन्छ होला जस्तो भैसक्यो । त्यसलाई अझै पनि सोच बिचार गरेर आवस्यकता अनुसारको सुविधायुक्त बनाउन सकिन्छ कि भन्ने आशाले यो लेख लेख्ने प्रयास गरिएको छ ।
यस्ता आकाशे पूल निर्माण गर्दा मुख्य पूलमा पुग्न वारिपारिका चढाइ सिढीहरू तर्पाएँ हुनु पर्दछ । यस्तो भयो भने लौरो टेकेर हिड्ने बृद्धहरू पनि बिस्तारै जान सक्छन । रोगी अथवा अपाङ्गले पनि सजिलै पार गर्न वा जान सक्लान । ह्विल चियर अर्थात गुड्ने मेच पनि लान लैजान सकिएला । यसो भएन भने त्यो पूल सबैका लागि कामयावी नहुन सक्छ ।
यो सम्बन्धि केही कुरा मेरो पुस्तक काठमाण्डौदेखि लन्डन सम्म – यात्रा संस्मरण २०५७ मा पनि रहेको र त्यसका केही अंश यहा राख्दा बिषय स्पष्ट हुने देखिएकाले सो समावेश गरिएको छ:
बेलायत भ्रमणका बेला मेरा नजरमा आकाशे पूल परे । ती पूलहरू सडक पार गर्ने पैदल यात्रीका निमित्त बनाइएका हुन । ती पूलहरूलाई चढाइ यति मजासंग मिलाइएको छ कि अपाङ्गहरूले गुड्ने मेच समेत त्यहाबाट लान सक्छन । साइकल वा उस्तै परे मोटर साइकल समेत लान ९तार्न० सकिन्छ ।
काठमाण्डौ महा– नगरपालिकाको सुन्धारा र रत्नपार्कमा त्यसै गरी सडक पार गर्न बनाइएका आकाशे पूलहरूको चढाइ चर्को भयो । तसर्थ बुढाबुढी अपाङ्ग लुला लंगडाले त्यसको सेवा लिन सकेनन । तसर्थ अव निर्माण गरिने त्यस्ता पूलहरूको चढाइ चर्को नबनाइ साधारण बनाइनु पर्छ भन्ने व्यहोराको लेख लेखेको र सो लेख ‘युग सम्वाद’ साप्ताहिकमा प्रकासित पनि भएको हो । आप्mनो लेख प्रकाशित भएपछि मलाई अलिकति डर पनि लागेको थियो । किनभने म यस बिषयको कुनै प्राविधिक होइन । तर पछि सम्बन्धित प्राविधिकहरूले पनि मनासिव हो भनेपछि म कुराकानी गर्न र लेखहरूमा समेत त्यस्ता कुरा राख्दै आउन थालेको हुँ ।
यसरि विशेष चर्चा चले पछि अर्थात ज्ञान भैसके पछि पनि पुरानै ढर्रा अपनाएर असुविधा युक्त पूल निर्माण गर्ने परम्परा तोडियोस भनेर सम्बन्धित पक्ष संग निवेदन गर्न मनासिव देखेर यो लेख तयार गरिएको कुरा अनुरोध गर्दै यो लेख टुंग्याउने अनुमति चाहन्छु । बानेश्वरको अहिलेको निर्माणाधिन आकाशे पूल त्यस्तो नहोओस सुविधा यक्त होस । धन्यवाद ।