भाडामा लिइएका विदेशी आक्रमणकारीबाट हैटीका राष्ट्रपतिको हत्या

भाडामा लिइएका विदेशी आक्रमणकारीबाट हैटीका राष्ट्रपतिको हत्या

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या विदेशी आक्रमणकारीको एउटा टोलीले गरेको त्यहाँको प्रहरीले बताएको छ । त्यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए ।

प्रहरी प्रमुख लियोन चार्ल्सले त्यो आक्रमणकारीको टोलीमा २६ जना कोलम्बियाका र हैटी मूलका दुई अमेरिकी आक्रमणकारी रहेको जानकारी दिएका छन् । आठ संदिग्ध अझै पनि फरार रहेका र दुई अमेरिकीसहित १७ जनालाई पक्राउ गरिएको छ । बाँकी संदिग्धको प्रहरीसँगको मुठभेडमा राजधानी पोर्ट ओ प्रिन्समा ज्यान गएको थियो ।

बिहीवार हैटी प्रहरीले केही संदिग्धलाई मिडियासामु सार्वजनिक गरेको थियो । उनीहरूको अगाडि हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण राखेका थिए । प्रहरी प्रमुखले भने, ‘राष्ट्रपतिको हत्या गर्नका लागि विदेशी हाम्रो देशमा आए ।’ गएको बुधवार हैटीका राष्ट्रपति जोभनेल मोइसीको निवासमा आक्रमण हुँदा उनको ज्यान गएको थियो । आक्रमणमा उनकी पत्नी घाइते भएकी छिन् । एजेन्सी

तपाइँको प्रतिक्रिया ।