यूवाहरूको पहलमा त्रिपुरासुन्दरी गाउँपालिका-१ पाँचधारेंमा ३ दिने वृक्षारोपण कार्यक्रम सुरु

यूवाहरूको पहलमा त्रिपुरासुन्दरी गाउँपालिका-१ पाँचधारेंमा ३ दिने वृक्षारोपण कार्यक्रम सुरु

कपन अनलाइन

काठमाण्डौ ,असार २५/ हरि बसौला

धादिंग त्रिपुरासुन्दरी गाउँपालिका वडा नं  १ स्थित प्राचीन पाँचधारे आसपासमा ३ दिने वृक्षारोपण  कार्यक्रम सुरु भएको छ।स्थानीयबासी यूवाहरूको पहल डिविज़न बन कार्याल धादिंगको समन्वय तथा बेनिघाट सब-डिविज़नको बिरुवा सहयोगमा बिभिन्न प्रजातिका बोटबिरुवा जस्तै लप्सी,सिशौ, खयर, हर्रों, बर्रों, कल्पीफ़ुल ,अम्बा आदी करिब १००० बिरुवा रोप्ने काम सुरु भएको हो ।

केहि समय अगाडी सम्पन्न भएको पाँचधारे पार्कको लागी हरियालीपरिवर्धन ग़र्ने हेतूले सौन्दर्यबर्धक बोटबिरुवा पनी रोपन सुरु गरिएकोमा स्थानीयबासी हरि पन्तले ख़ूसी व्यक्त गरेका छन ।

वृक्षारोपण  पछी उजाड़ डाँडाहरु  हरियाली हराभरा हुने बिस्वस व्यक्त गरिएको छ । कार्यक्रमको पहिलो दिन करिब १५० कल्पीजातका फ़ुल तथा केहि बिकासे जातका अम्बाको बिरुवा रोपीएको यो कार्यक्रम ३ दिन सम्म चल्ने जानकारी स्थानीय इश्वोरी प्रसाद बसौलाले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।