जिर्ण सडकका कारण बुढानिलकण्ठ -१२ का स्थानीयहरुलाई सकस

जिर्ण सडकका कारण बुढानिलकण्ठ -१२ का स्थानीयहरुलाई सकस

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

जिर्ण सडकका कारण बुढानिलकण्ठ -१२ का स्थानीयहरुलाई सकस परेको छ। निकै लामो समय देखि विस्तार र निर्माणका नाममा अलपत्र बनेको वडा कार्यालय – फैका चोक सडकमा रहेको हिलोका कारण स्थानीयहरु निकै शास्ती भोग्न बाध्य भएका छन।

वर्षौ सम्म विस्तारका लागि संरचना हटाउने कार्य बल्ल बल्ल पुरा भएपनि ठेकेदारको लापरवाही र ढिलासुस्तीका कारण सो सडक अहिले हिलाम्य खेत जस्तो भएको छ।

सो क्षेत्रका स्थानीयहरुले सडकका कारण हिड डुल र सवारी आवागमनमा समेत असर पुगेको र दुर्घटनाको जोखिम बढेको भन्दै तुरुन्त निर्माणका लागि आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।