कृषि र किसान : बालकृष्ण गजुरेल ( लघुकथा )

कृषि र किसान : बालकृष्ण गजुरेल ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,असार १९।

असार दुई गते धुमधाम पानी पर्यो । कतै तराई त डुवाउने होइन ? मनभरी प्रश्नको बिटो बोकेर म निदाउने प्रयास गरेँ । के को निदाउनु ? मेलम्ची नदीले घर थर्कायो । सुन्दै डरमर्दोआवाज आ वाज । बाहिर निस्केर टर्च बालेर हेर्दा त खोलो घर नजिक    आ ईपुगेछ । “लौ !

अब सत्तरी मुरी धान फल्ने खेत त सक्यो । अब घर पनि बाँकी राख्दैन । सुरक्षित ठाउँतिर लागौँ ।” म चिच्याएँ । मेरो आवाज सुनेर परिवार मेरो पछि लाग्यो । दर्के पानी तथा घरखेत सक्किएको पीडा अथाह थियो । कतै सुन्यमा पुगेर भिकारी बन्नु भन्दा त खोलामा फदालौँ झैँ लाग्यो । चार कोसबाट साल बोकेर बनाएको घर भुकम्पले सक्यो । भूकम्प पछि बनाएको घर मेलम्ची नदीले सक्यो ।

घरमाथी पानीको ड्याम र सिरानी मुनीको बमको भरोसा नहुने रहेछ । आफ्नै ज्यान धरापमा । घरमा खाने अन्न सकियो । धान पेल्ने मिल खोलाले बगायो । ज्यान पाल्न मेला जानू पर्ने बाध्यता थपियो । दिनभरको बाउसे सकेर म रुखमुनि झोक्राएर बसेको थिएँ । गाउँका स्यामलाल नजिक आएर भने, ” बाबू धेरै पिर नगर्नु ।

मेलम्चीले घर खेत मात्र लगेको हो । ” उत्तर दिनु पुर्व आखाबाट अश्रुधारा झरे । बोल्नलाई पनि कठिन भयो । तर जवाफ दिनु थियो । मैले भक्कानिएर भने, ” यो अवस्थामा पनि पिर नगरम् र ? उनी अगाडि आए । ढाडस दिँदै भने, ” आफ्नो जीवन धान्ने किसान र कृषि पेशा कहिले जीवित छ र ? बरू झन्झट घटाउन तपाइँहरूलाई एकै पटक मेलम्चीले सिध्यायो ।

(गजुरेल  हेलम्बु-६, सिन्धुपाल्चोकका बासिन्दा हुन )

तपाइँको प्रतिक्रिया ।