“बितृष्णा पछिको परिवर्तनले जन्माउने नेपाली जो बाइडन”
कपन अनलाइन
काठमाडौँ, असार १९ / अमर प्रकाश तिवारी
सन् २०१६ अन्ततिर अमेरिकाको राजनैतिक परिदृश्यमा एउटा असाधारण परिवर्तन देखियो । जनतामा व्यापक आशा र राष्ट्रियता झल्कने किसिमको अभिब्यक्ति दिने राष्ट्रपति उमेद्वार प्रत्यासी डोनाल्ड जे ट्रम्पले अमेरिका-मेक्सिको सीमा किनारमा पर्खाल निर्माण गरिनु पर्ने र त्यो पर्खाल निर्माणमा लाग्ने खर्च मेक्सिको सरकारले ब्यहोर्ने चर्चा चलाए । उनले आप्रवासी, कर जस्ता लोकप्रिय नारा पनि दिएर जनमत आफ्नो पक्षमा पारेका थिए । यातिको चर्चामा रहेको रिपब्लिक र ट्रंप प्रसासनको पछिल्लो चुनाब परिणामले जनमतको कदर गर्नु पर्ने पाठ सिकाउदै राजनीतिक परिबेशमा जनताले चाहेमा सत्ता या सडक दुवै दिन सक्ने नया उदहारणको रूपमा बुझाएको छ । नेपालमा पनि यस्त लोकप्रिय नारा अबलंबन नगरिएक होइनन ।
जातित्व, सास्कृति, धर्म, समानता, पहिचान, जस्ता मानब संबेदनशील बिषय उठान गरेर आफ्नो दल जनपक्ष भएको क्षणिक लोकप्रिय आभिब्यक्ति दिइने कुरो सामान्य भैसकेको छ । पहिले जंगलमा बसेर क्रान्तिको नाममा धम्क्याउने, मार्ने, लुट्ने १०औँ वर्ष आतंककारी ब्रमण्डन मच्चाउने र वर्ग संघर्ष, संघियता जस्ता भाषणले परिबर्तित समाजलाई बेस्करी उस्काएर देशमा क्रान्तिको नाममा व्यपाक अर्थ र हतियार संकलन गरि, तेसैको आडमा राज्य संग बर्गेनिङ (मोलमोलाई) गरि सत्ता सम्म पुगेको देखिन्छ । जंगली राजबाट डराएका जनताले बास्तबिकता बुझ्दै आए पछी यस्त जंगली राजाहरुलाई बितृष्णा गर्दै सडक सम्म ल्याउने जमर्को नै गरे । जनताले नाङ्गो पार्ने बुझेर जंगली राजाहरुले बाम एकताको नारा दिदै उत्तर तिरको सिधान्त संघ मेल खाने सबैलाई समेट्ने अर्को अश्र प्रहार गर्ने नीति अबलम्बन गरि एकाएक एकता भएको भ्रम छरेर फेरी जनताको आखामा छारो हालेको पाइयो ।
जंगल राज बाट उपलब्धि नभएपछी मूल राजनीतिमा आएको र त्यस बाट पनि उपलब्धि नभए पछी एकताको भ्रम साहितको नौलो तुरूप फालेको कुरो जनता सामु केहि वर्ष पनि टिकेन । यद्दपी, जनतले सहि पहिचान गरि तिरस्कृत हुदै आफ्नो राजनैतिक नाम र अस्तित्व नै मेटाएर हामी उत्तरी बिचारधारी एक हौ भन्दै अर्कै संग मिल्न गएका थिए तर असंबैधानिक गठन भएको र यथा स्थानमा रहन सर्बोच्चले गरेको फैशला पश्चात खन्ग्रिएको जंगली राजाहरु आहिले सहारा बिहिन भएका छन् । जनता बाट पनि उपेक्षा भएको, आफ्नो परिचय गुमेको र अस्तित्व संकटमा आएको जंगली राजाहरु अहिले आश्रय र आफ्नो ठेगाना खोज्दै छन् । बिचरा जनता जहिले पनि आशा गरिरहने, सधै साथ दिए, समर्थन गरे, ताली बजाए, नमस्कर गरे, सम्मान नै गरे । जंगल बाट बन्धुक पड्काई आफन्तीहरुलाई रोजी रोजी मार्दा पनि सहिरहे, धुलो मैलो सडक हुदा पनि बुझिनै रहे, बिजुली बत्ति र पानि नहुदा पनि सहयोग गरि नै रहे ।
देशमा रोजगारी नभई बिदेसिनु परेको कुरोलाई पनि सहज रूपमा लिदै यिनीहरु कै वाहि वाहि गाहिनै रहे । यिनीहरुलाई पालैपालो विश्वास गरेर देशमा शान्ति, सुव्यवस्था र सामाजिक परिवर्तनका लागि सत्तामा पठाए पनि । सत्तामा पुगेपछि एकाएक व्यक्तिगत जीवनशैली बदल्ने र आफू आएको सिँढी बिर्सिने प्रक्रियाले निरन्तरता पाहिनै रह्यो । निरङ्कुस थियो हटाउनु पर्छ भनेपछि जनताले साथ दिएकै थिए, देशमा सास्कृतिक अमनचयन कायम भएन धर्म बाधक भयो भनेपछि हिन्दु राष्ट्र हटाइयो, तेस्मा पनि जनताले साथ् दिएकै थिए, आर्थिक परिवर्तन हुन नसकेकोले जनस्तर सम्म विकास लान सकिएन संघियतामा जानु पर्छ भनियो, जनतले तालि बजाएर स्वागत गरेका नै हुन् ।
धेरै यस्ता उदहारणले करिब तिन दसक देखि पटक पटक एउटै शैलीमा जनमत माथि प्रहार भइरहँदा उत्तर पट्टिको विचारधाराले अलि बढी नै नेपालमा बितृष्णा फैलाएको देखिन्छ । उत्तर कै मध्य मार्गीले पनि दुई तिहाईको उपलाब्द्धि पश्चात जनताप्रति बितृष्णा को मार्ग तय गरेर लगभग रातो घेरा कटाएको पाइन्छ । सत्तासीन पनि आहिले ‘सत्ताको अहंकार’ बाट ‘सत्ताको वियोगान्त’ यात्रातर्फ होमिन थालेको प्रष्ट देखिन थालेको छ । सत्तासीनको अभिव्यक्तिहरुमा देखिन थालेको अलोकप्रिय बाणी, र यस्तो कोरोना महामारीको कहरमा जनता प्रति भएको अनुदरिकरण/सत्ताको खेल, मन्त्रीपरिषदमा गरिएको अनियमितता, ससदीय आभ्यास भन्दा बाहिर जबर्जस्ति ल्याईएका आध्यादेश आदि बाट बिस्तारै गुम्दै गएको जनमतले सधैं नेतृत्व सफल भइरहन्छ भन्ने मानसिकता नेतृत्वतह बाट नै हट्न जरुरी भएको संदेश दिन्छ ।
जनताको आधारभूत आवश्यकता र जीविकोपार्जनका विषयसम्म पुग्न नसक्नु अनि देशवासीलाई आत्मनिर्भर बनाउनेतिर नसोच्नु जस्ता त्रुटिका कारण व्यावहारिक रूपमा परिवर्तनका आभास हुन नसकेकै हो । यो सन्दर्भमा एकाएक यस्तो अराजक स्थिति सिर्जना हुनुले समग्र नेपाली जनतामा राजनीति र राजनीतिक संस्कारप्रति नै थप वितृष्णा जन्मिएको छ । बढ्दो बेरोजगारी, आकासिएको दैनिक उपभोग्य बस्तु, असहज बन्दै गएको आम नागरिकको जीबन शैली आदिले पनि बर्तमान नेत्रित्वको विकल्प खोज्दै रहेको छ । तेसै गरि चुनाबताका मुख्य नारा जस्तै भत्ता, आफ्नो गाउ आफै बनाऊ, सम्वृद्धि, रोजगारको सुनिस्चितता, आमुल परिबर्तन, सुन्दर नगरी आदि जस्ता लोकप्रिय उक्ति र आश्वासन दिदै जनमत बटुलेर ल्याएको दुई तिहाई को अब जनताले हिसाब खोज्ने बेला भएको छ ।
राष्ट्रको उन्नति र जनाको जीबन शैलीमा सहजीकरण गर्ने बाताबरण उपलब्ध गराउनु बास्तबमा नेत्रित्व को प्रमुख दाईत्व रहेन कुरोमा बिकाश बिज्ञहरुको एकमत छन । त्यसो गर्न नसकेमा राज्यले वैधानिकताको सङ्कट बेहोर्नुपर्छ । अहिलेको सत्तालाई नजिकबाट नियाल्दा नेत्रित्व तहमा नै शोषण र उत्पीडन भएको, भ्रस्टाचारमा मुछिएको, संकटग्रस्त अर्थ नीति भएको, समाज बिपरित तिकडममा व्यस्त भइ जनमतको बेवास्ता गरेको कुरो प्रस्ट देखिन्छ । त्यस्तै सत्ता भित्रै बसेर भित्र गुटहरू र उपगुट, व्यक्ति वादी हाबी देखिने गरि छछल्किएको छ । संगठन भित्र पनि सत्ता र सत्तविपक्ष धुब्रिकरण गरिएको जस्ता पक्षले जनमतको अपहेलना गरिएको ठम्याई छ । पछिल्लो चरणको दुई तिहाई सत्तासीन परिपार्टीलाई गहिरिएर मुल्याकन गरिने हो भने, भ्रस्टाचारले अधिक प्रोत्सान पाएको, दण्डहीनता मौलाएको र आधिक जनहित बिपरित कार्य गरिएको छ ।
यसले उत्तरी राजनैतिक सिध्दान्त नेपालमा असफल भएको प्रमाणित गरी, राजनीतिक सिधान्त सहित नेत्रित्वको बिकल्प तिर लम्कन प्रोत्साहान गर्दछ । जोसेफ रोबिनेट बाइडन जूनियर (जो बाइडन) संग पराजय भोग्नु को कारण बाइडन अब्बल भएर होइन ट्रंप को अदुरदर्शी अभिव्यक्ति र सस्तो लोकप्रियताक नारा भएकोले नै हो । नेपालमा पनि जनतले बुझेका छन् । जनतले जबाफ दिनुभन्दा अगावै नेत्रित्व बर्गमा जो छन् उनीहरुले अब बुझ्ने कि, इतिहासको पन्नामा आफु र संगठनको खोज्नुपर्ने बनाउने हो कि, जनतले भने बमोजिम, जनताले चाहे बमोजिम रचनात्मक कार्य गरि इतिहास रच्ने हो । या जनतले यि सब गर्ने मौकै नदिई नपालमा नेपाली नया जो बाइडन र उसैका पुरानो पार्टी आउने हो ।