रिलायन्स खुल्ला निवन्ध प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

रिलायन्स खुल्ला निवन्ध प्रतियोगिता हुने भएको छ। रिलायन्स इन्टरनेसनल एकेडेमी सरस्वतीनगरको आयोजनामा कोभिड -१९ अवसर र चुनौती र  बाढी र पहिरोले निम्त्याएका कठिनाइहरु विषयमा उक्त प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागी हुन् इच्छुक व्यक्तिले असार २५ गते सम्म नाम दर्ता गराउन सक्नेछन भने असार २६ देखि ३० गते भित्र निवन्ध बुझाउन सक्नेछन।

श्रावण ७ गते नतिजा प्रकासन हुने सो प्रतियोगिताका विजयीहरुले नगद पुरस्कार तथा छात्रवृति  प्राप्त गर्ने एकेडेमीले जानकारी दिएको छ। प्रतियोगितामा सहभागीहरुले नेपाली र अंग्रेजी दुवै भाषामा निवन्ध लेख्न सक्नेछन ।

 

तपाइँको प्रतिक्रिया ।