जिम्न्याष्टिक पूर्वाधार निर्माणका लागि मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गरायो

जिम्न्याष्टिक पूर्वाधार निर्माणका लागि  मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गरायो

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

जिम्न्याष्टिक खेलको कभर्डहल लगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा बिहीबार त्रिपक्षीय सम्झौताभएको छ  ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे । मध्यपुर थिमी नगरपालिका वडा ९ स्थित लुखापाटीमा ३–९–२–० क्षेत्रफल जग्गा पूर्वाधार निर्माण गर्न उपलब्ध गराइएको हो ।
उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने तथा राखेप, नगरपालिका र जिम्न्याष्टिक संघ समेत मिलेर जिम्न्याष्टिक कभर्डहललगायतका पूर्वाधारको विकास गरी त्यसको उपभोग एवं सञ्चालन भने जिम्न्याष्टिक संघले गर्ने सहमति भएको छ ।
उक्त कार्यक्रममा जिम्न्याष्टिक संघका सह अध्यक्ष किशोरबहादुर सिंह, महासचिव मुकुन्दराज शर्मा, सचिव वचन देउजा, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल, नगरपालिका कर्मचारीलगायतको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।